Smoking Causes Cancer

मदाने कांग्रेसमा अध्यक्ष सेनसहित यी हुन् निर्वाचित



ओझेलका खबर
५ मिनेट अगाडि


Place for ads

   गुल्मीको मदाने गाउँपालिकामा नेपाली कांग्रेसको गाउँ कार्यसमिति सभापतिमा प्रेमबहादुर सेन निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हिजोदेखि सुरु भएको पालिका तहको अधिवेशनबाट म्यालपोखरीका सेन गाउँ कार्यसमिति सभापतिमा निर्वाचित भएका हुन्।

उपसभापतिमा कुशल भुसाल (बाँझकटेरी) र सुस्मिता सुनार (भनभने) निर्वाचित भएका छन्। त्यस्तै सचिवमा राजेन्द्र विष्ट (अग्लुङ) र सहसचिवमा रामप्रसाद अर्याल (सिर्सेनी) निर्वाचित भएका छन्। कोषाध्यक्ष भने गाउँ कार्यसमितिको बैठकबाट मनोनयन गरिने नवनिर्वाचित सभापति सेनले बताए।

सेनका अनुसार ३३ सदस्यीय गाउँ कार्यसमिति गठन गरिएको छ। कार्यसमिति सदस्यमा सूर्यकुमारी कुँवर, फर्सुराम भुसाल लगायत रहेका छन्। यसैगरी वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरू पनि गाउँ कार्यसमितिमा रहेका छन्।

सिंचाई
Forest
Ad.

उनीहरू हुन विय चन्द (वडा नं. १), कृष्णप्रसाद भुसाल (वडा नं. २), ओमबहादुर जिसी (वडा नं. ३), नङ्गनारायण भट्टराई (वडा नं. ४), दलबहादुर खड्का (वडा नं. ५), हुमबहादुर कुँवर (वडा नं. ६) र चुराबहादुर बोहरा (वडा नं. ७) रहेका छन्।

त्यस्तै अधिवेशनबाट पालिका सभापति सेनसहित २४ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको सेनले जानकारी दिए। नव निर्वाचित सभापति सेन मदाने गाउँपालिका -४ का वडाध्यक्ष हुन । उनल्र लामो समय देखि एक ईमान्दार र कुशल समाज सेविको पहिचान बनाउदै आएका छ्न ।
मिति : २०८३ असोज ८ गते
ओझेलका खबर
लुकेको, लुकाइएको, दबेको, दबाइएको आवाज…

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो