गुल्मी: गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारले आफ्नो २३ औँ वार्षिक भेला भव्यताका साथ सम्पन्न गरेको छ। गत शुक्रबार कतारको एन खालिदस्थित हाइटेक टी एन्ड कफी रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो। समाजका अध्यक्ष मित्र बीएसको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाजका प्रमुख संरक्षक बुद्ध पाण्डे प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन समाजका सचिव कुमार राहादी मगरले गर्नुभएको थियो।
कार्यक्रमका संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष सुरज चन्द बोहोराले स्वागत मन्तव्यमार्फत उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। प्रमुख अतिथि बुद्ध पाण्डेले विधिवत् रूपमा दीप प्रज्वलन गर्नुका साथै वार्षिक भेलाको केक काटेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। संस्थाका कोषाध्यक्ष कमल खत्रीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषद कतार र प्रदेश अन्तर्गतका केही जिल्ला संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। अतिथिहरूमा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक क्रान्ति सिंह, अध्यक्ष साजन लौडारी, सचिव विवश बेलबासे, विश्वनाथ भट्टराई, कोषाध्यक्ष शंकर न्यौपाने, र लेखा संयोजक चन्द्र कुँवर रहनुभएको थियो। त्यस्तै गुल्मी सेवा समाज कतारका संरक्षक सदस्यहरू विजय विक्रम बस्नेत र शिव खड्का, प्रमुख सल्लाहकार कमल अर्याल, सल्लाहकारहरू क्रमशः कुमार अविरल पन्थी, भीम तरामु मगर, बाबुराम महत, अमित गौतम, अशोक पोखरेल, अर्जुन कुँवर, र नारायण केसी अर्यालको उपस्थिति थियो। महिला उपसमितिबाट महिला संयोजक कल्पना घर्ती, पूर्व महिला संयोजक मीना खड्का, र अंकिता खत्री उपस्थित हुनुहुन्थ्यो।
अन्य संघ-संस्थाका प्रतिनिधिहरूमा धनकुटा सेवा समाज कतारका अध्यक्ष तिल विक्रम मगर, बुद्धभूमि कपिलवस्तु सेवा समाजका महासचिव श्रीधर राजा पौडेल, मगर संघ शाखा कतारका उपाध्यक्ष देवी मगर, तमु गुरुङ समाज कतारका प्रथम उपाध्यक्ष ओम गुरुङ, अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष बालाराम पाण्डे, पाल्पाली सेवा समाज कतारका अध्यक्ष विक्की गैरे, र दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष उषा परियार लगायत कतारमा रहेका गुल्मेली तथा गैर-गुल्मेली नेपालीहरूको बाक्लो उपस्थिति थियो।
अतिथि सत्कारमा गुल्मी सेवा समाज कतारकी महिला संयोजक कल्पना घर्तीले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रम मार्फत स्वागत नृत्य गिरिमाया तरामु सहित अमित परियार र बाबुराम परियार लगायत कतारमा स्थापित अन्य थुप्रै स्थानीय कलाकारहरूले कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका थिए।
नेपालबाट एक हप्ताको कतार भ्रमणमा रहनुभएका इस्माली समाज रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जीसी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। आफ्नो छोटो मन्तव्यका क्रममा उहाँले गुल्मी सेवा समाज कतारले गर्ने हरेक सामाजिक कार्यको प्रशंसा गर्दै, नेपालमा आइपर्ने जुनसुकै परिस्थितिमा पनि हातेमालो गर्न आफू र आफ्नो सिङ्गो संस्था तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, गुल्मी सेवा समाज कतारका सल्लाहकार भीम तरामु मगरले संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधि र उपलब्धिहरूको बारेमा प्रकाश पार्नुभएको थियो। प्रमुख अतिथि बुद्ध पाण्डेले स्थापना कालदेखि अहिलेसम्म संस्थामा आबद्ध रहेर योगदान पुर्याउने सम्पूर्ण अभियन्ताहरू प्रति हार्दिक आभार प्रकट गर्नुभयो। कार्यक्रममा स्थानीय गुल्मेली कलाकारहरूले विभिन्न नेपाली मौलिक गीत तथा नृत्यहरू प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति मित्र बीएसले संस्थाको वार्षिक भेलालाई भव्य रूपमा सफल पार्न आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण अतिथि, कार्यसमिति सदस्य, कलाकार र उपस्थित महानुभावहरूलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









