Smoking Causes Cancer

Awareness Campaign

मालिकामा चट्याङ पर्दा दुई महिला घाइते



प्रेम सुनार
१ मिनेट अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका-४, डाँडाँ क्षेत्रमा चट्याङ पर्दा दुई महिला घाइते भएका छन् ।

मंगलबार साँझ करिब ६ः४५ बजेतिर परेको चट्याङका कारण स्थानीय २१ वर्षीया बसन्ता घर्ती घाइते भएकी हुन् । उनको अनुहार र छातिमा चोट लागेको प्रहरीले जनाएको छ । अवस्था सामान्य रहेपछि उपचारका लागि अर्खावाङ स्वास्थ्य चौकी पठाइएको छ ।

त्यस्तै सोही स्थानकी ३२ वर्षीया कुटला बिष्ट रोकाहा पनि चट्याङबाट सामान्य घाइते भएकी छन् । उनको खुट्टामा सामान्य चोट लागेको र घरमै उपचार भइरहेको बताइएको छ ।

सिंचाई
Forest
Ad.

घटनाको खबर बुधबार बिहान प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार घटनास्थल अर्खाबाङ प्रहरी पोष्टबाट करिब ३ किलोमिटर पश्चिममा पर्छ । अन्य विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →