Smoking Causes Cancer

Awareness Campaign

हावाहुरीले रुख ढल्दा दुई महिलाको ज्यान गयो



प्रेम सुनार
२५ मिनेट अगाडि


Awareness

Place for ads

रोल्पा: रोल्पामा हावाहुरीसँगै आएको वर्षाका कारण रुख ढल्दा दुई महिलाको ज्यान गएको छ।

जिल्लाको थबाङ गाउँपालिका–२ झिङबारीस्थित थबाङ–घोराही सहिद मार्गमा मंगलबार साँझ भएको घटनामा स्थानीय दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय थबाङका अनुसार हेलोबाङ निवासी अन्दाजी ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुझी झाँक्री थबाङ आधारभूत अस्पतालबाट बिरामी भेटेर घर फर्किंदै गर्दा हावाहुरीका कारण बाटोमाथिबाट उत्तिसको रुख ढलेर उनीहरूलाई च्यापेको थियो।

सिंचाई
Forest
Ad.

घटनामा रुजु झाँक्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मनबुझी झाँक्रीलाई उद्धार गरी थबाङ आधारभूत अस्पतालमा उपचारका लागि लगिएको थियो। पछि थप उपचारका लागि पोखरा लैजाँदै गर्दा बुधबार बिहान करिब २ः३० बजे बाटोमै उनको पनि मृत्यु भएको जनाइएको छ।

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय थवाङ बाट करिब ११ किलोमिटर दक्षिणमा पर्छ।

लगातारको हावाहुरी र वर्षासँगै जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →