गुल्मी, ७ जेठ। माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को विद्यालयगत नतिजा सार्वजनिक भएसँगै गुल्मी जिल्लाको शैक्षिक अवस्थाको मिश्रित तस्बिर बाहिर आएको छ।
शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका शाखा अधिकृत ईश्वरी पाण्डेले उपलब्ध गराएको विवरणलाई हामीले चिरफार गरि विश्लेषणात्मक रिपोर्ट पस्किदै छौँ।
परीक्षामा सहभागी जिल्लाका कुल १३८ वटा विद्यालयमध्ये २१ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएर उत्कृष्ट प्रदर्शन गरेका छन् भने २ वटा विद्यालयको नतिजा ‘शून्य’ अर्थात् निल भएको छ। त्यस्तै, झन्डै साढे तीन दर्जन विद्यालयहरू ५० प्रतिशत नतिजा पनि ल्याउन नसकेको नाजुक अवस्थामा छन्।
यी हुन् निल (शून्य) हुने तीन विद्यालय
सितापुर मा.वि., ददल्का (मुसिकोट नगरपालिका–९)
अमर मा.वि., नेटा (मालिका गाउँपालिका–१)
यी हुन् शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयहरू
मुसिकोटको एउटै वडाका दुवै विद्यालय निल भइरहँदा चन्द्रकोट गाउँपालिका–१ को एउटै वडाका दुवै विद्यालय भने शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन्।
सामुदायिक विद्यालयहरू:
सरस्वती मा.वि., जोहाङ्ग
दीपक मा.वि., भनभने
घोर्ले मा.वि., दुविचौर
वाग्ला मा.वि., वाग्ला
अग्लुङ्ग मा.वि., अग्लुङ्ग
रियाले मा.वि., सिर्सेनी
रुद्रावती मा.वि., जोहाङ्ग
ग्वाघा मा.वि., ग्वाघा
शारदा मा.वि., अर्जेवा दिबुङ (चन्द्रकोट–१)
शारदा मा.वि., सारुङ्ग (चन्द्रकोट–१)
संस्थागत (निजी) विद्यालयहरू:
रीडर्स ई.बो., तमघास
हर्राचौर मा.वि., हर्राचौर (आवासीय)
रेन्बो ई.बो., बलेटक्सार
आदर्श विद्या आश्रम, तम्घास
ज्ञवा बलेटक्सार मा.वि., बलेटक्सार
गण्डकी ई.बो., तमघास
भानु ई.बो., हर्राचौर
चकेश्वर ई.बो., शान्तिपुर
युनिक चिल्ड्रेन एकेडेमी, वामीटक्सार
ग्रीनवर्ल्ड ई.बो., विरवास
५० प्रतिशतभन्दा कम (नाजुक) नतिजा ल्याउने केही मुख्य विद्यालयहरू
जिल्लाका ४१ वटा विद्यालय यस्ता छन्, जहाँ परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये आधा (५० प्रतिशत) पनि उत्तीर्ण हुन सकेनन्। धेरै विद्यार्थी सहभागी गराएर पनि अत्यन्तै कमजोर नतिजा ल्याउने केही मुख्य विद्यालयहरू यसप्रकार छन्:
देवस्थान मा.वि., हस्तिचौर: २६ जना सहभागी भएकोमा जम्मा ४ जना मात्र पास (२२ जना फेल)।
धर्मपुर मा.वि., ठुलोलुम्पेक: ५६ जना सहभागी भएकोमा जम्मा २० जना मात्र पास (३६ जना फेल)।
ने.रा.मा.वि., दौघा: ३० जना सहभागी भएकोमा जम्मा १६ जना मात्र पास।
जमलपोखरा मा.वि., छापहिले: २८ जना सहभागी भएकोमा जम्मा ६ जना मात्र पास।
त्रिभुवन मा.वि., पराल्मी: १९ जना सहभागी भएकोमा जम्मा ८ जना पास।
खस्थोक मा.वि., मुसिकोट–२: १२ जना सहभागी भएकोमा जम्मा ४ जना मात्र पास।
ददल्का मा.वि., मुसिकोट: ४ जना सहभागी भएकोमा २ जना उत्तीर्ण
।
उत्कृष्टोन्मुख विद्यालय:
उपल्लो तम्घास मा.वि., तम्घासले पनि प्रशंसनीय नतिजा ल्याएको छ, जहाँ १६ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १५ जना उत्तीर्ण हुन सफल भएका छन्।
विरासत जोगाउने र शतप्रतिशतको हाराहारीमा नतिजा ल्याउने विद्यालयहरू
धेरै विद्यार्थी संख्या भएर पनि विगतदेखि नै उत्कृष्ट विद्यालयको विरासत कायमै राख्दै शतप्रतिशतको हाराहारीमा नतिजा ल्याउने विद्यालयहरू निम्न छन्:
रेसुङ्गा मा.वि., तमघास: ११७ जना विद्यार्थी सहभागी भएकोमा ९४ जना उत्तीर्ण।
महेन्द्र मा.वि., तमघास: ८० जना सहभागी भएकोमा ६८ जना उत्तीर्ण।
पृथ्वी उ.मा.वि., पुर्कोटदह: ११२ जना सहभागी भएकोमा ८४ जना उत्तीर्ण।
महेन्द्र आदर्श मा.वि., वामी: ८१ जना सहभागी भएकोमा ५५ जना उत्तीर्ण।
उदय मा.वि., शान्तिपुर: ६२ जना सहभागी भएकोमा ५२ जना उत्तीर्ण।
ज्ञानोदय मा.वि., मजुवा: ५९ जना सहभागी भएकोमा ४५ जना उत्तीर्ण।
सत्यवती मा.वि., हंसरा: ६१ जना सहभागी भएकोमा ३६ जना उत्तीर्ण।
ब्रिलियन्ट एकेडेमी, तम्घास: १७ जना सहभागी भएकोमा १६ जना पास।
सम्पादकीय निष्कर्ष: शैक्षिक खाडल र समीक्षाको बेला
गुल्मीको यो नतिजाले जिल्लाको शैक्षिक गुणस्तरमा ठूलो खाडल देखाएको छ। एकातिर सीमित स्रोतसाधनका बीच २१ विद्यालयले शतप्रतिशत नतिजा निकाल्नु गर्वको विषय हो भने, अर्कोतिर मुसिकोटको एउटै वडाका दुई विद्यालय पूर्ण रूपमा ‘निल’ हुनु र हस्तिचौरको देवस्थान जस्ता विद्यालयमा अधिकांश विद्यार्थी फेल हुनु गम्भीर चिन्ताको विषय हो। राज्यको लगानी, शिक्षकहरूको जबाफदेहिता र स्थानीय तहको अनुगमन प्रणालीमाथि अब गम्भीर समीक्षा हुनुपर्ने बेला आएको छ।
(नोट: यस रिपोर्टमा ४ जिपीए ल्याउन सफल विद्यालयहरुको मात्र तस्वीर समावेश गरिएको छ।)
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |















