Salime Malika Krishi Farm

Awareness Campaign

पर्वतमा जिप दुर्घटना : एक जनाको मृत्यु



ओझेलका खबर
३ घण्टा अगाडि


Awareness

Place for ads

चैत्र १०, पर्वत । पर्वतमा जिप दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
    मंगलबार साँझ करिब पौने ७ बजे फलेबास नगरपालिका–४ मुडिकुवा स्थित कुश्मा–फलेबास सडकखण्डमा कुश्माबाट खानिगाउँतर्फ जाँदै गरेको ग १ ज ८०२९ नम्बरको युरिया मल बोकेको पिकअप बोलेरो जिप दुर्घटना हुँदा चालक ३५ वर्षीय सन्जन परियार गम्भीर घाइते भएका थिए।

उनीलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल कुश्मा पठाइएकोमा साँझ करिब साढे ८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
प्रहरीका अनुसार उक्त जिप ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको थियो। जिपमा चालक मात्र सवार रहेका थिए।
   घटनाको खबर प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतबाट प्रहरी नायब निरीक्षक बल बहादुर गुरुङको कमाण्डमा ९ जनाको टोली खटिएको थियो। त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा थप १५ जनाको टोली घटनास्थल पुगेको थियो।   

   दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो