Smoking Causes Cancer

तिनाउ खोलामा बेपत्ता दुबै युवक मृत फेला



ओझेलका खबर
४ महिना अगाडि


Place for ads

चैत्र -९ , पाल्पा । दुई दिन अघि पाल्पाको तिनाउ खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुबै जना युवक मृत फेला परेका छ्न ।
  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बेपत्ता मध्ये भारतको सन्तकबीर नगर निवासी १७ वर्षीय अमन अन्सारीको शव आज बिहान १० बजेर १० मिनेटमा फेला परेको थियो   ।

त्यस्तै  आजै अपरान्ह ३.५५ बजेको समयमा बजेको समयमा अर्का बेपत्ता सोही उमेरका भारतीय नागरिक फरान अन्सारिको पौडी खेल्ने स्थान भन्दा दुई सय मिटर तल मृत फेला परेका हुन ।

अस्ति दिउँसो करिब ४ बजेको समयमा भारतबाट घुम्न आएका ७ जनाको समूह खोलामा नुहाउने क्रममा दुई जना युवकलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन्।
अन्य ५ जना भने सकुशल रहेका प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो