Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा पेप्सी बोकेको ट्रक दुर्घटना, दुई जना घाइते



प्रेम सुनार
१ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित भित्री कच्ची सडक खण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

आज बिहान करिब ६ बजेको समयमा बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ५३७३ नम्बरको पेप्सी-कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्न जाँदा दुर्घटना भएको हो।

दुर्घटनामा ट्रक चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ जयकुटी निवासी ३४ वर्षीय केशव ज्ञवाली र सोही ट्रकमा सवार तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवाली घाइते भएका हुन्।

सिंचाई
Forest
Ad.

घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र वि.क.को कमाण्डमा खटिएको टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →