Salime Malika Krishi Farm

Awareness Campaign

घुम्टेमा १४ औँ लालीगुराँस उत्सव तथा चौथो विश्व शान्ति यज्ञ हुँदै



लालु प्रसाद गैरे
१ मिनेट अगाडि


Awareness

Place for ads

बागलुङ — गलकोटको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल घुम्टेमा १४ औँ लालीगुराँस उत्सव तथा चौँथो विश्व शान्ति यज्ञ आयोजना हुने भएको छ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजना, गलकोट पण्डित समाज तथा १४ औँ लालीगुराँस उत्सव एवं विश्व शान्ति यज्ञ समिति गलकोट बागलुङको सहआयोजनामा आगामी चैत्र ३० गतेदेखि वैशाख १ गतेसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

कार्यक्रम अन्तर्गत चैत्र ३० गते एकादशीका दिन पूर्वाङ्ग पूजा, रुद्री पाठ, साँझ भजन–कीर्तन, सन्ध्या आरती तथा सूर्यास्त अवलोकन कार्यक्रम हुनेछन्। त्यसैगरी वैशाख १ गते नित्य पूजा, संक्रान्ति दोष पूजा, नवग्रह शान्ति पूजा, लक्ष्यवर्ती बत्ती प्रज्वलन, फूलप्रसादी ग्रहण तथा नवनिर्मित पौवा उद्घाटन लगायतका कार्यक्रम आयोजना गरिने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

घुम्टेको धार्मिक तथा पर्यटकीय सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले विगत १४ वर्षदेखि लालिगुराँस उत्सव आयोजना हुँदै आएको गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राजबहादुर थापाले बताउनुभयो।

त्यसैगरी घुम्टे क्षेत्रमा पर्यटन विकास तथा प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिँदै आएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेरबहादुर थापाले बताउनुभयो।

धार्मिक विश्वासअनुसार पाँच पाण्डव घुम्दै आउँदा एक पाँच वर्षीय बालकले घुम्टेमा तपस्या गरेपछि सो स्थानमा धार्मिक मेला लाग्न थालेको मान्यता रहेको छ। विभिन्न तपस्वीहरूले समेत यस क्षेत्रमा तपस्या गरेको जनविश्वास रहेको छ।

धार्मिक, ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण घुम्टे लेक बागलुङ जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो