Smoking Causes Cancer

गुल्मीमा उत्साहजनक मतदान: साढे ११ बजेसम्म २८ हजारभन्दा बढी मत खस्यो



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

गुल्मी: प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गुल्मी जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। प्राप्त पछिल्लो जानकारीअनुसार आज दिउँसो साढे ११ बजेसम्ममा जिल्लाभर २८ हजारभन्दा बढी मत खसेको छ।

बिहानैदेखि आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरू मतदान केन्द्रहरूमा लामबद्ध भएका थिए। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिताले चुनावप्रतिको उत्साहलाई प्रस्ट पारेको छ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार मतदान प्रक्रिया निकै सौहार्दपूर्ण रूपमा सञ्चालन भइरहेको छ। “अहिलेसम्म दुवै क्षेत्रमा गरी २८ हजारभन्दा बढी मत खसिसकेको छ। यो सङ्ख्या भनेको कुल खस्ने अनुमानित मतको करिब १३ प्रतिशतको हाराहारी हो,” पौडेलले जानकारी दिए। दिउँसोको समयमा मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति झनै बाक्लिँदै जाने अपेक्षा गरिएको उनले बताए।

सिंचाई
Forest
Ad.

जिल्लाको सुरक्षा व्यवस्था कडा र भरपर्दो बनाइएकाले मतदाताहरू ढुक्क भएर मतदान प्रक्रियामा सहभागी भइरहेका छन्। गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लाभरका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था चुस्त रहेको बताए। “अहिलेसम्म जिल्लाभर अत्यन्तै शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको छ। कतै पनि कुनै अप्रिय घटना घटेको छैन,” गैह्रेले भने।

प्रशासनका अनुसार वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त, तथा गर्भवती महिलाहरूका लागि सहज रूपमा मतदान गर्ने विशेष व्यवस्थासमेत मिलाइएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्नेछ। समय अनुकूल रहेको र सुरक्षा व्यवस्था प्रभावकारी भएकाले गुल्मीमा यसपटक उच्च प्रतिशतमा मत खस्ने अनुमान सरोकारवालाहरूले गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →