गुल्मी: आज बिहान गुल्मीको धनार्जे लामीडाँडामा ईभी गाडी दुर्घटना हुँदा त्यसका सहचालक घाइते भएका छन्।
धुर्कोट गाउँपालिका-५ स्थित मदन भण्डारी राजमार्गको पक्की सडक हुँदै धनार्जेबाट तम्घासतर्फ आउँदै गरेको लु.प्र. ०१-००१ ज ०४३५ नं. को EV गाडी अचानक स्टेरिङ फेल भई सडकबाट करिब २५ मिटर तल खस्न जाँदा सोही गाडीका सहचालक स्थानीय १८ वर्षीय ईश्वर कुवँर घाइते भएका हुन्।
गाडीका चालक इस्मा गाउँपालिका-२ का ३२ वर्षीय राजु कुवँर भने सकुशल रहेका छन्। घाइतेलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइतेको अवस्था सामान्य छ। गाडीमा यात्रु कोही नभएको र गाडी घटनास्थलमै रहेको बताइएको छ। घटनास्थलमा प्रहरी चौकी धनार्जेबाट प्रहरी वरिष्ठ हवलदार गुन बहादुर बोहोराको कमाण्डमा प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







