ढोरपाटन । निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेले ढोरपाटन नगरपालिका वडा नम्बर ५ का विभिन्न बस्तीमा प्रचारप्रसार तथा घरदैलो अभियान सम्पन्न गरेको छ ।
पार्टीका अनुसार चौरपाखापानी, प्याङखोला, आँपबोट, नौबिसे र घर्तीथरमा मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्ना योजनाहरू प्रस्तुत गरिएको हो ।
कार्यक्रममा बोल्दै एमालेकी केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेले एमालेका उम्मेदवारलाई विजयी बनाउँदा ढोरपाटनमा पूर्वाधार विकास, रोजगारी र पर्यटन प्रवर्द्धनमा विशेष जोड दिइने बताउनुभयो । उहाँले स्थानीय स्रोत र वातावरणलाई संरक्षण गर्दै पर्यटन क्षेत्रलाई व्यवस्थित रुपमा अघि बढाउने योजना रहेको पनि जनाउनुभयो ।
उक्त अवसरमा एमाले प्रदेश सचिवालय सदस्य बाबुराम नेपाली, प्रदेश कमिटी सदस्य लक्ष्मण पुन, एमाले बागलुङका कार्यवाहक अध्यक्ष विष्णु भुषाल र उपसचिव करमति पुनले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता, उपाध्यक्ष नरबहादुर विश्वकर्माको स्वागत तथा राष्ट्रिय युवा संघ बागलुङका सचिव शिवराज कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







