रोल्पा, पुस -१७ । रोल्पामा तिन अघि खर काट्ने क्रममा भिर बाट लडेर घाईते भए कि एक महिलाको आज बिहान मृत्यु भएको छ ।
जिल्लाको रुन्टिगढि गाउँपालिका-१ दाङचौर बस्ने ४८ बर्षिया बर्षिया पार्वती बुढा क्षेत्रीको आज बिहान साढे ६ बजेको समयमा मै मृत्यु भएको हो ।
यहि पुस १४ गते दिउँसो करिब १ बजेको समयमा खर काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी क्षेत्रीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारका लागि लगिएको थियो ।
आईसियुमा राखेर उपचार गराई रहेकी उनलाई परिबारका सदस्यले आफुखुसी दिउँसो ३.५० बजेको समयमा घरमा लैजादा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







