Smoking Causes Cancer

नेकपा गुल्मीद्वारा दुवै युवा उम्मेदवार बराल र जीसी पहिलो नम्बरको आकांक्षीमा छनोट



प्रेम सुनार
७ महिना अगाडि


Place for ads

गुल्मी: नेपाली कम्युनिस्ट पार्टी गुल्मीको आज बसेको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

सो पार्टीका सचिवालय सदस्य अशोक थापाले दिएको जानकारी अनुसार प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ मा सुदर्शन बराल र क्षेत्र नम्बर २ मा बुद्धि जीसी पहिलो नम्बरको आकांक्षीका रुपमा छनौटको सुचीमा राखेको छ।

त्यस्तै क्षेत्र नम्बर १ मा विभिन्न क्लस्टरबाट यदु ज्ञवाली, सिर्जना तरामु, गीता थापा, विष्णु पन्त, जेनजी समूहबाट किसन पाण्डे र रवि कडेल छनोट भएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ बाट नेता जीसी पछि श्रीराम महत, भुपाल पोख्रेल, खुम बहादुर थापा, राम मल्ल ठकुरी, जेनजी समूहबाट ज्योति थापा मगर, भीमकान्त भण्डारी, प्रदीप भण्डारी छनोट भएका छन् ।

सिंचाई
Forest
Ad.

त्यस्तै समानुपातिक तर्फ दलित क्लस्टरबाट राजु बिक र दुर्गा बहादुर बिक छनोट भएका छन् ।
त्यस्तै नागरिक आन्दोलनका अगुवा पदम प्रसाद पाण्डे, रामलाल बिक, दलित युवाबाट गीता बमरेल छनोट भएका छन् ।

त्यस्तै राष्ट्रिय सभामा यसअघि पटक–पटक बनाइएका जिल्लाकै ज्येष्ठ कम्युनिस्ट नेतामध्येका एक निम बहादुर पाण्डे पहिलो नम्बरमा छनोट भएका छन् । त्यस्तै युवा नेताका रूपमा परमेश पोख्रेल, अल्पसंख्यक जनजातिबाट हरिप्रसाद छन्त्याल, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट थानेश्वर पोख्रेल र शिवलाल पोख्रेल छनोटमा परेका छन् । जिल्लाका तीन ठूला दलमध्ये नेपाली कम्युनिस्ट पार्टीले दुवै तर्फको उम्मेदवार टुङ्गो लगाएको हो । यहाँको नेपाली कांग्रेसले समानुपातिकमा टुङ्गो लगाए पनि प्रत्यक्षको बाँकी छ । त्यस्तै नेकपा एमालेको पनि टुङ्गो लगाउन बाँकी छ।

क्षेत्र नम्बर १ बाट
१. सुदर्शन बराल
२. सिर्जना तरामु
३. यदु ज्ञवाली
४. गीता थापा
५. विष्णु पन्थ
६. रवि कडेंल
७. किसन पाण्डे

क्षेत्र नम्बर २ बाट
१. बुद्धि जिसी
२. भुपाल पोखरेल
३. श्रीराम महत
४. प्रदिप भण्डारी
५. ज्योती थापा
६. भीमकान्त भण्डारी
७. राममल्ल ठकुरी
८. खुमबहादुर थापा

Awareness by SKF

समानुपातिकतर्फ
१. राजु विक
२. दुर्गा बहादुर विक
३. पदम प्रसाद पाण्डे,
४. रामलाल विक
५. गीता बमरेल
६. लोकनाथ पाण्डे
७. टोपला थापा
८. लिला थापा बराल
९. भिमसेन पौडेल
१०. कुल बहादुर कुँवर
११. कृष्ण बहादुृर सेन
१२. बिनिता रोका पोखरेल
१३. कमला विक
१४. कर्ण बहादुर घर्ती क्षेत्री
१५. सीमा विक
१६. लिल बहादुर केसी

राष्ट्रिय सभातर्फ
१. निम बहादुर पाण्डे
२. प्रमेश पोखरेल
३. हरी प्रसाद छन्त्याल
४. कमला बराल
५. थानेश्वर पोखरेल
६. शिवलाल पोखरेल

माथि उल्लेखित आकांक्षीहरुको टुङ्गो कार्यदलले लगाउने अशोक थापाले बताउनु भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →