Salime Malika Krishi Farm

Awareness Campaign

धुर्कोट-४ जैसिथोकमा ९३ विद्यार्थीलाई जाडोका कपडा वितरण



वासुदेव पोखरेल
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति ललितपुरको समन्वय तथा प्राथमिक समिति लुभुको आयोजनामा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोकमा रहेको देवीस्थान प्राथमिक विद्यालयमा अध्ययनरत करिब ९३ जना विद्यार्थीलाई जाडोका कपडा वितरण गरिएको छ।

जाडो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असर न्यूनीकरण गर्दै पठनपाठनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका प्रतिनिधिहरू, विद्यालयका शिक्षक–शिक्षिकाहरू, अभिभावकहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सिता गिरीले परिषद्ले सामाजिक सेवाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता मानवीय सहयोगका कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको मनोबल बढाएको बताउनु भयो।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले “घर-घर जागरण, जन-जन जागरण” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै सामाजिक सेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।

परिषद्का ललितपुर जिल्ला समिति सदस्य सृष्टिका श्रेष्ठका अनुसार “तुम सेवासे पाओगे पार” भन्ने भावनाका साथ सेवा गरेपछि समाज नै पार लाग्ने विश्वासका आधारमा जाडोका कपडा वितरण गरिएको हो।

Awareness by SKF

कार्यक्रमबाट विद्यार्थीहरू लाभान्वित भएको भन्दै विद्यालय परिवार तथा अभिभावकहरूले सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमको निरन्तरता हुने अपेक्षा व्यक्त गरेका छन्।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले यसअघि पनि देशका विभिन्न स्थानमा सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको परिषद सदस्य दिवस दंगालले बताउनु भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो