Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा पत्रकार र कलाकारबीच क्रिकेट प्रतियोगिता सम्पन्न



ओझेलका खबर
३ हप्ता अगाडि


Awareness

Place for ads

मनु सुनार
गुल्मी , पुस -६ ।गुल्मीमा पत्रकार र कलाकारबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध सुदृढ गर्ने उद्देश्यले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको आयोजनामा पत्रकार र कलाकारबीच उक्त प्रतियोगिता सम्पन्न गरिएको हो।

नेपाल पत्रकार महासंघ गुल्मी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको संयुक्त सहभागितामा इस्मा गाउँपालिका–१ जैढुंगास्थित वीपी पार्कमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताको उद्घाटन इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले यस्तो महत्वपूर्ण खेल गतिविधिका लागि इस्मा गाउँपालिका छानिएकोमा आफूहरू गौरवान्वित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसले हामीलाई थप ऊर्जा र उत्साह प्रदान गरेको छ।

सिंचाई
Forest
Ad.

जिल्लाभरका खेलाडीहरू जैढुंगास्थित वीपी पार्कमा आउनुहुन्छ भन्ने अपेक्षाअनुरूप हामीले गत आर्थिक वर्षमा सरकारसँग पहल गरी करिब ३ करोड रुपैयाँ बजेट विनियोजन गराएका थियौं। तर वर्तमान सरकारले टुक्रे योजना भन्दै बजेट कटौती गरिदिएको खबर सुन्दा यो महत्वपूर्ण योजना अलपत्र पर्ने हो कि भन्ने चिन्ता बढेको छ।”

प्रतियोगिता समापनपछि कलाकारहरूले प्रस्तुत गरेको रोचक दोहोरी कार्यक्रमले वातावरणलाई थप मनोरञ्जनात्मक र उल्लासमय बनाएको थियो। खेलसँगै कला र संस्कृतिको समायोजनले कार्यक्रमलाई विशेष बनाएको सहभागीहरूको भनाइ थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीका अध्यक्ष मोहन बस्नेतले कला र कलम सधैं सँगसँगै रहेको उल्लेख गर्दै पत्रकार र कलाकारबीच अझ घनिष्ठ सम्बन्ध स्थापित गर्न यस्तो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष अनिल खत्रीले प्रतियोगिताले पत्रकार र कलाकार दुवै पक्षलाई सकारात्मक फाइदा पुगेको बताउनुभयो। खेलमा जित–हारभन्दा पनि आपसी सम्बन्ध सुदृढ गर्नु र सिकाइ महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। यस्तो मैत्रीपूर्ण प्रतियोगिताले दीर्घकालीन सहकार्यको आधार तयार गर्ने उहाँले उल्लेख गर्नुभयो।

Awareness by SKF

कार्यक्रममा इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवर, वडा नम्बर १ का वडाध्यक्ष शेरबहादुर कुँवर, पूर्व वडाध्यक्ष चुराबहादुर खत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिवलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीका सचिव लोकेन्द्र कुँवरले गर्नुभएको थियो।

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको टोली विजेता बनेको छ भने नेपाल पत्रकार महासंघ गुल्मीको टोली उपविजेता बनेको छ। प्रतियोगिताले पत्रकार र कलाकारबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आगामी दिनमा यस्ता रचनात्मक तथा खेलकुद गतिविधिहरूलाई निरन्तरता दिन प्रेरणा दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो