Smoking Causes Cancer

पनाहखोलामा भेटिएको वेवरिसे शवको दुई हप्ता पछि पहिचान



ओझेलका खबर
७ महिना अगाडि


Place for ads

गुल्मी , पुस -४ । गत मङ्सिर २० गते गुल्मीको रेसुङ्गा नगरपालिका -५ पनाहखोलामा फेला परेको वेवरिसे शवको झण्डै दुई हप्ता पछि आज विहान प्रहरीले शनाखत ( पहिचान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङा बहादुर सारुले पठाएको विवरण अनुसार उप्त शव रेसुङगा नगरपालिका – १ क्याम्पस रोड निवासी बस्ने ३४ बर्षिय मनोज पोख्रेलको हो ।

आज विहान करिब ९ बजेको समयमा मृतकको बुबा कृष्ण प्रसाद पोखरेलले आफ्नो छोराको शव हो भनि पहिचान गरेका थिए ।मङ्सिर १४ गते देखि घरबाट हराएका र उनि केही मात्रामा बौद्दिक अपाङ्गता रहेको भन्ने खुल्न आएको डिएसपी सारुले बताउनु भयो ।

उनको शए जिल्ला अस्पताल तम्घासमा रहेको र पोष्टमार्टम प्रक्रिया अगाडी बढाईएको छ । सनाखत प्रकियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा प्रति जिल्ला प्रहरी कार्यालय गुल्मीले आभार प्रकट गरेको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो