Salime Malika Krishi Farm

Awareness Campaign

भुवाचिदीमा चौथो भाटी मेला: मालिका युवा क्लबको तयारी तीव्र



केशव खड्का
४ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदीमा सञ्चालन हुँदै आएको ऐतिहासिक भाटी मेला यस वर्ष चौथो संस्करणका रूपमा आयोजना हुँदैछ। यही पुष २३ गतेदेखि सुरु हुन लागेको मेलालाई सफल बनाउन मालिका युवा क्लब अध्यक्ष राजेश रायमाझीको नेतृत्वमा तयारीलाई तीव्र बनाइएको छ।

मेलाको व्यवस्थापन, कार्यक्रमको रूपरेखा तथा समुदायको सहभागिता सुनिश्चित गर्न क्लबले विभिन्न तहमा छलफल र योजना अघि बढाएको छ। अध्यक्ष रायमाझीको समन्वय क्षमता र सक्रियताका कारण भाटी मेला अहिले यस क्षेत्रको सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष सन्दिप खत्रीले युनिक खबरसँगको कुराकानीमा बताउनुभयो।

उहाँका अनुसार मेलामा सांस्कृतिक प्रस्तुति, स्थानीय तथा चर्चित कलाकारहरूको सहभागिता, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र जिम्मेवारी बाँडफाँडलाई प्राथमिकतामा राखेर तयारी भइरहेको छ।

सिंचाई
Forest
Ad.

यसैबीच, मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पौष ५ गते शनिबार बिहान ८ बजे भुवाचिदी खेल मैदानमा खुला भेला आयोजना गरिएको छ। भेलामा भुवाचिदीवासी, व्यवस्थापन समिति, आमा समूह, युवा तथा बुद्धिजीवीहरूको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिनुभयो।

“भाटी मेला केवल मनोरञ्जनको कार्यक्रम होइन, यो हाम्रो संस्कृति, एकता र सामूहिक प्रयासको प्रतीक हो,” अध्यक्ष रायमाझीले भन्नुभयो। साथै, मेला यहाँसम्म आइपुग्न सहयोग पुर्‍याउने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति मालिका युवा क्लबले आभार व्यक्त गरेको छ।

स्थानीयबासीहरूले अध्यक्ष रायमाझीको नेतृत्व क्षमता र युवाहरूलाई समाजसेवामा संगठित गर्ने भूमिकाको खुलेर प्रशंसा गरेका छन्। यस वर्षको भाटी मेला अघिल्ला संस्करणभन्दा अझ सभ्य, व्यवस्थित र सफल हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →