Smoking Causes Cancer

चन्द्रकोटले आँखा उपचार सेवालाई नियमित्ता दिन ग¥यो सम्झौता



ओझेलका खबर
७ महिना अगाडि


Place for ads

प्रेम सुनार
गुल्मी, मङ्सिर -२६ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले पालिकाबासीलाई नियमित रुपमा आँखा उपचार तथा शल्यक्रिया सेवालाई निशुल्क र नियमित बनाउने उद्देश्यका साथ आज एक सम्बद्ध संस्थाद्धारा  दुई बेग्ला बेग्लै सम्झौता गरेको छ ।

सो पालिकाले बार्षिक रुपमा चन्द्रकोट गाउँपालिकाले पालिका मै निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर राख्दै आएकोमा अब देखि नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र तम्घासमा हरेक महिना आयोजना गरिने आँखा उपचार तथा सल्यक्रिया गर्ने सम्झौता सो संस्थाद्धारा गरेको हो ।

त्यस्तै सो पालिकाले शान्तिपुर आँखा उपचार केन्द्रमा नियमित्त  आँखा उपचार सेवा प्रदान गर्न एक जना डाक्टरको ब्यवस्था पालिकाले नै तलव दिएर राख्ने र आबश्यक अन्य ब्यबस्था मिलाउनका लागि  नेपाल नेत्रज्योति संघ तम्घास शाखा गुल्मी संघ सम्झौता गरेको हो ।

सिंचाई
Forest
Ad.

यी दुई सम्झौतामा त्यस पालिका अध्यक्ष युवराज खत्री क्षेत्री र संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले हस्ताक्षर गरेर आदन प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा त्यस पालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी लगायतका जनप्रतिनिधी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्मा , अन्य कर्मचारी र  संघका सचिव पदम प्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।

नेपाल नेत्रज्योति संघले यस अघि देखि त्यस पालिकामा पुगेर निशुल्क आँखा उपचार तथा शल्यक्रिया सेवा प्रवाह समेत गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो