Hi-Speed Computer

Awareness Campaign

गायक तथा सर्जक बैकुण्ठ रायमाझीको लोक दोहोरी गीत ‘फेसबुककी नानी’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गायक तथा सर्जक बैकुण्ठ रायमाझीको लोक दोहोरी गीत ‘फेसबुककी नानी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियो सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो।

बैकुण्ठ रायमाझीको शब्द संयोजन रहेको गीतमा लोक गायिका अञ्जना रायमाझीले स्वरमा साथ दिनुभएको छ। हुम गैरेले निर्देशन गर्नुभएको भिडियोमा अभिनय स्वयं बैकुण्ठ रायमाझी र सिमरन बज्राचार्यको रहेको छ।

फेसबुकबाट लगाइने माया प्रेमलाई आधार बनाएर रचिएको गीतलाई वसन्त महर्जनले छायांकन गर्नुभएको हो।

Forest
Forest
Ad.

यस गीतमा स्वर भर्ने गायकद्वय श्रीमान-श्रीमती हुनुहुन्छ। उहाँहरुका यस अघि पनि एकल तथा दोहोरी गीतहरु सार्वजनिक भइसकेका छन्।

गीत: फेसबुककी नानी

स्वर: बैकुण्ठ रायमाझी/अञ्जना रायमाझी

शब्द/संगीत: बैकुण्ठ रायमाझी

Awareness by SKF

अभिनय: बैकुण्ठ रायमाझी/सिमरन बज्राचार्य

निर्देशन: हुम गैरे

 
आउनुहोस्, उक्त म्युजिक भिडियो हेरौँ र शेयर पनि गरौँ:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया