Smoking Causes Cancer

भाडगाउँका अनिल बस्नेतको गोठ जलेर नष्ट



ओझेलका खबर
८ महिना अगाडि


Place for ads

  • गुल्मी , मङ्सिर -७ । आज बिहान करिब पौने १० बजेको समयमा गुल्मीको रेसुङ्गा नगरपालिका -३ भाडगाउँका अनिल बस्नेतको गोठ जलेर नष्ट भएको छ ।

      जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुका अनुसार बस्नेतको
    ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्चि गोठमा कुडो पकाउने क्रममा अचानक आगलागि भई गोठ जलेर पुर्ण रुपमा क्षति भएको हो ।
      उप्त खबर पाउन साथ रेसुङ्गा नगरपालिकाको दमकल लिएर जिल्ला प्रहरी कार्यालय बाट प्रहरी टोली पुगेर र स्थानियको सहयोगमा पौने ११ बजेतिर आगो नियन्त्रणमा लिएको जनाईएको छ ।
       गोठमा बाधेको २ वटा भैसी र १ वटा गाई जलेर सामान्य घाईते भएको र मानविय क्षति नभएको त्यस वडाका वडाध्यक्ष बाबुराम खत्रीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो