नवलपुर, मङ्सिर ७: हिजो साँझ नवलपुर्को चोरमारा उकालोमा ट्रकले ठक्कर दिदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
मध्यबिन्दु नगरपालिका -. ७ चोरमारा उकालोमा कावासोती बाट भैरहवा तर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ७१६४ नं. को ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना ३४ प १२८५ नं. को मोटरसाइकललाई ठक्कर दिदा त्यसका चालक मध्यबिन्दु नगरपालिका-. १५ बस्ने बर्ष ३६ का लोक बहादुर थारुको मृत्यु भएको हो ।
गंभिर घाइते भई उपचारको लागी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा थारुको हिजो साझ करिब पौने पाँच बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले पठाएको समाचार विवरणमा उल्लेख छ ।
दुवै सवारी साधन र ट्रक चालक बाराको सिमरा उउपमहानगर पालिका -१५ बस्ने बर्ष २४ को लक्ष्मी प्रसाद यादवलाई प्रहरीको नियन्त्रणमा लिईएको उहाँले बताउनु भएको छ ।
घटनास्थलमा प्रहरी चौकी तम्सरिया बाट प्रहरी वरिष्ठ सहायक निरीक्षक राम बहादुर खत्रीको कमाण्डमा ४ जनाको टोली उद्धार कार्यमा खटिगएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







