Salime Malika Krishi Farm

Awareness Campaign

रुकुमका एमाले नेता मल्ल नेकपामा प्रवेश, प्रचण्डद्वारा स्वागत



ओझेलका खबर
५ महिना अगाडि


Awareness

Place for ads

मंसिर ६ , ललितपुर । रुकुम पूर्वका पूर्व उप–बिजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेशका क्रममा मल्लले विस्तृत राजनीतिक पृष्ठभूमि र आफ्नो निर्णयका आधारबारे स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छ। जनताको मुक्तिका लागि चलेको जनयुद्धका कठिन दिनहरू स्मरण गर्दै उहाँले सेनाद्वारा गिरफ्तारी, शिवपुरीमा सहनुपरेको यातना र त्यसपछिका राजनीतिक यात्राबारे धारणा राख्नुभएको छ ।

एमालेभित्र पारित भएका ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उहाँले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाउनुभएको छ। उहाँले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतङ्ककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेहरूलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उल्लेख गर्नुभयो।

सिंचाई
Forest
Ad.

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोकिएको निर्णयलाई उहाँले ‘अहंकारी र अराजकतन्त्रतर्फ उन्मुख नेतृत्वको पराकाष्ठा’ भन्नुभयो। एमाले नेतृत्वबाट भ्रष्टाचार, सहिद परिवारप्रति बेवास्ता र रुकुम–रोल्पाजस्ता राता भूगोलप्रति नकारात्मक दृष्टिकोण देखिँदै गएपछि आफूले गम्भीर राजनीतिक मूल्यांकन गर्न बाध्य भएको मल्लको भनाइ छ।

मल्लले जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड, झापा विद्रोहका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, राष्ट्रवादी छवि भएका भीम रावल, जनयुद्धका अग्रणी कमाण्डर तेजबहादुर ओली ‘प्रतिक’, कमला रोका, गणेशमान पुनलगायत नेताहरूको भूमिकाले आफूलाई पुनः मूल कम्युनिस्ट धारतर्फ फर्किन प्रेरित गरेको बताउनुभयो।

रुकुमपूर्वको शिक्षा, स्वास्थ्य, पूर्वाधार र समग्र जीवनस्तर सुधारका लागि ‘फुटेर होइन, जुटेर’ मात्र लक्ष्य पूरा हुनसक्ने विश्वास व्यक्त गर्दै उहाँले एमालेमा बसेर उद्देश्यपूर्ण राजनीतिक योगदान असम्भव भएको स्पष्ट पार्नुभयो।

मल्लले आजदेखि औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको घोषणा गर्दै पार्टी इनचार्ज तेजबहादुर ओली, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष केशव रावल, भूमे गाउँपालिका अध्यक्ष हिमाल पुनलगायतले दिएको निरन्तर सहयोग तथा मार्गदर्शनप्रति आभार व्यक्त गर्नुभयो।

Awareness by SKF

रुकुमपूर्वको समृद्धि र उत्पीडित जनताको न्यायका लागि पूर्ण समर्पणसहित काम गर्ने प्रतिवद्धता मल्लले व्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो