Awareness Campaign

आज विश्व विज्ञान दिवस, सिद्धाबाबामा विज्ञान सामग्री प्रदर्शनी



ओझेलका खबर
४ दिन अगाडि


Awareness

Place for ads

मनु सुनार
तम्घास ,कार्तिक २४ । आन विश्व विज्ञान दिवसको अवसरमा सिद्वबाबा माध्यमिक विद्यालय रेसुंगा नगरपालिका–८ खानिगाउँ तम्घास, गुल्मीको आयोजनामा विज्ञान विषय प्रवद्र्धन कार्यक्रम अन्तर्गत जिल्लास्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम गरिएको छ ।

कार्यक्रमको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो। उहाँले विज्ञान सामग्री प्रदर्शनीमा विभिन्न विद्यालयका प्रतियोगीहरुले राखेका विज्ञान सामग्री र यसबाट मानवीय जीवनलाई सहज तुल्याउन पुग्ने फाइदाका विषयमा जानकारी लिए लगत्तै अहिलेको युग विज्ञान र प्रविधिको युग भएको बताउनुभयो।

समग्र जिल्लालाई विज्ञान प्रविधिमा आधारित भएर विकासका कार्यहरु सञ्चालन गर्दा हुने दिगो विकास र यसबाट पुग्ने फाइदाका विषयमा आफुलाई नजिकबाट विद्यार्थीहरुले निर्माण गरेका नमुना सामग्रीहरुको प्रदर्शनले थप सहयोग पु¥र्याएको बताउनुभयो। अबको शिक्षा विज्ञान र प्रविधिमैत्री हुनुपर्नेमा आफै सधैै स्पष्ट रहेको भन्दै उहाँले विद्यार्थीहरुको पठनपाठनलाई अझ प्रभावकारी बनाउँदै उनीहरु भित्र रहेका अन्तरनिहित प्रतिभाहरुको प्रस्फुटनका लागि थप यस्ता प्रतियोगीताहरुले महत्वपूर्ण सहयोग पु¥र्याउने बताउनुभयो।

सिंचाई
Forest
Ad.

यसका साथै सो विद्यालयका विद्यार्थीहरुले स्वस्फूर्त रुपमा विभिन्न खाना, खाजाका परिकारहरुको स्टल राखी पढाइ केबल बन्दकोठाभित्र पाठ्यक्रममा मात्र सिमिति नभई त्यसको व्यवहारिक अभ्यासबाटनै दिगो हुनेमा जोड दिएका थिए। यस्ता क्रियाकलाहरुबाट विद्यार्थीहरुको व्यवहारिक ज्ञान र सीपमा पनि महत्वपूर्ण सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो।

नेपालका ११४ विद्यालयमा विज्ञान विषय प्रवद्र्धन कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा सिद्वबाबा माध्यमिक विद्यालयमा यो कार्यक्रम सञ्चालित रहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा छनौट भइ यो विद्यालयमा यो कार्यक्रम सञ्चालित रहेको छ। गत आर्थिक वर्षबाट यो विद्यालयमा सञ्चालित छ।

हालसम्म दुई वटा कार्यक्रम सञ्चालन गरिसकिएको श्रीसले बताउनुभयो। प्रतियोगितामा जिल्लाभरका १७ वटा विद्यालयका विद्यार्थीहरूलेसहभागिता जनाएका सहायक प्रधानाध्यापक युवराज अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार धुर माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, भगवती मावि, नयागाउँ मावि, रिडर्स पब्लिक हाइस्कुल, जनसहयोग मावि, अर्खवाङ्ग मावि, ज्ञानोदय मावि, रेसुंगा मावि, रेसुंगा मावि, भाडगाउँ मावि, गण्डकी इङिलस बोर्डिङ स्कुल, अर्जुन आवासीय माध्यमिक विद्यालय, पृथ्वी मावि, महेन्द्र आर्दश नमुना मावि र सिद्धबाबा माविले भाग लिएका थिए।

Awareness by SKF

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु.१० हजार र प्रमाणपत्र, द्वितीय पुरस्कार ७ हजार र प्रमाणपत्र, तृतिय पुरस्कार ५ हजार र प्रमाणपत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो। सान्त्वना हुने दुई विद्यालयलयलाई ३÷३ हजार नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको अर्यालले जानकारी दिनुभयो।

मुल्याङ्कन संयोजक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का वैज्ञानिक एवम् भुकम्पविद् डा.शिव सुवेदीले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा राख्न सक्नुपर्नेमा जोड दिए । स्थानीय तहले विज्ञानलाई प्राथमिकतामा राख्नुपर्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रेसुंगा नगरपालिका ८ का वडाअध्यक्ष निरञ्जन थापा काउछाको अध्यक्षता रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरे, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली, शिक्षा शाखा प्रमुख पिताम्बर पन्थी, पूर्व क्याम्पस ढुण्डीराज पोखरेल, लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक युवराज अर्यालले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो