पाल्पा, १२ कार्तिक: पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ पिपल भञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
आज विहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको ईभी भ्यान १० बजे छहरा बजार बाट मेहलढाप तर्फ लागेको छहराका स्थानीयवासीले बताएका छन। घटना साढे १० बजेको सेरोफेरोमा भएपनि घटनाको जानकारी करिब साढे १ बजे भएको स्थानीयवासी इश्वर ज्ञवालीले बताए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी अनुसार इभी भ्यानमा चालक सहित ३ जना सवारी रहेको उनीहरुलाई घटनास्थल बाट उद्धार गरि अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले बताए। स्थानीयवासीले भने घटनास्थलमा ३ जनाको मृत्यु भएको बताएका छन। दुर्घटनामा मृत्यु हुनेको भने सनाखत भएको छैन। ईभी भ्यान सडक बाट १ हजार ५ मिटर तल खसेको बताईएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






