Smoking Causes Cancer

गुल्मीको भनभनेमा छोराले सल्काएको आगोले घर-गोठ जलेर नष्ट



प्रेम सुनार
१२ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको भनभनेमा गएराती आफ्नै छोराले सल्काएको आगोले घर र गोठ जलेर नष्ट भएको छ। मदाने गाउँपालिका-७, भनभनेको टिमुरखर्क निवासी ७० बर्षिय वृद्ध देव बहादुर वलीको ढुङ्गाले छाएको २ तले कच्ची घर र ढुङगाले छाएको २ तले बङ्गालो निज कै ३८ बर्षिय मानसिक सन्तुलन बिग्रेका छोरा खिम बहादुर वलीले आगो सल्काउदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदह बाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा ७ जनाको टोली खटिएर उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले जानकारी दिनुभयो।

आगजनी गरेका छोरा फरार रहेको, आगोलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन जलेर क्षति भए पनि मानवीय तथा चौपाया क्षति नभएको र स्थानियवासी र प्रहरीको सहयोगमा आगो राती नै नियन्त्रणमा लिईएको जनाईएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →