गुल्मी, कार्तिक ८: गएराती गुल्मीको चन्द्रकोटमा एक व्यक्तिको गोठमा आगोलागी हुँदा १४ वटा बाख्रा र ६ वटा कुखरा जलेर मरेका छन।
त्यस पालिका वडा नम्बर –५ किटनी गाउँका धनबहादुर बिटालुको खरले छाएको गोठमा आगोलागी हुँदा ति बाख्रा ,कुखरा मर्नुको साथै अन्नपात कपडालत्ता समेत जलेर क्षति भएको हो।
उक्त घटनाको जानकारी ईलाका प्रहरी कार्यालय चन्द्रकोटले साढे ११ बजेतिर पाउन साथ प्रहरी हबल्दार खिबहादुर बगालेको कमाण्डमा दुई जना प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले हामीलाई जानकारी गराएको छ।
प्रहरी र स्थानीयको सहयोगमा आज बिहान करिब २ बजेको समयमा आगो नियन्त्रणमा आएको बताईएको छ । आगोलागी के कसरी भयो भन्ने बारे भने प्रहरीले खुलाएको छैन ।
तिहार भित्रिए यता घर– गोठमा आगोलागी बढेका कारण सजग रहन जिल्ला प्रहरी कार्यालय गुल्मीले सञ्चार माध्यमहरुमा समेत सुचना प्रशारण गर्दै आएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






