नवलपुर , असोज -४ । आज नवलपुरमा सवारी दुर्घटना हुँदा तिन जना मानिस घाईते भएका छ्न कावसोती नगरपालिका – १० मगरकोट स्थित भित्रि सडक खण्डमा मगरकोटबाट त्रिभुवनटार तर्फ जादै गरेको लु.३९प.७११५ नम्बरको मोटरसाइकल मगरकोटबाट कावसोती आउदै गरेको ना.३६प.७८१३ नम्बरको स्कुटर एक आपसमा ठक्कर तिन जना मानिस घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी मधु नेपालले हामीलाई पठाएको विवरण अनुसार .स्कुटर चालक कावसोती नगरपालिका -.७ टरुवा बस्ने बर्ष २० का अंकित महतो ,
२.स्कुटर पछाडी सवार सोही स्थानका २० बर्षिया महेन्द्र महतो र कावसोती नगरपालिका -१५ गोडार बस्ने बर्ष ३५ को बिक्रम गुरौं घाईते भएका छ्न । उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको जनाईएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



