गुल्मी, कार्तिक– ४ । गुल्मीको मुसिकोट नगरपालिकामा गएराती मैनबत्ती बालेर दिपाली गर्दा एक परिबारको गोठ जलेर नष्ट भएको छ ।
त्यस नगरपालिका वडा नम्बर ९ अर्लाङ्गको ददल्काकी शान्ति परियारको गोठ जलेर नष्ट भएको हो ।
उक्त जानकारी पाउन साथ प्रहरी चौकी बाट बरिष्ठ प्रहरी नायव निरीक्षक प्रदिप काकीको नेतृत्वमा पुगेको प्रहरी टोली पुगेर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गोठ नष्ट भए पनि मानविय र चौपाय क्षति नभएको बताईएको छ ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



