Salime Malika Krishi Farm

Awareness Campaign

नवलपरासी सेवा समाज कतारले शुक्रबार स्थापना मनाउने



बाबुराम महत
५ महिना अगाडि


Awareness

Place for ads

बाबुराम महत
दोहा कतार, असोज २९: नवलपरासी परासी सेवा समाज कतारले आगामी शुक्रबार आफ्नो सातौ स्थापना दिवस मनाउने भएको छ ।

“आपसी सहयोग सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा सहित कतारमा सन् २०१८ मा स्थापना भएको समाजले यो वर्ष सचेतना एवं बिजया दशमी, शुभ दिपावली र छट पर्व २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सङ्गै आफ्नो सातौं स्थापना दिवस मनाउने भएको हो ।

कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु सहित सचेतना कार्यक्रम र प्रोजेक्टर मार्फत कतार बसाईको अनुभव समेटिएको एउटा संघर्षको कथा पनि प्रस्तुत गरिने छ ।

सिंचाई
Forest
Ad.

समाजले आगामी शुक्रबार अर्थात १७ अक्टोबर २०२५ को दिन मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा हुने भएको छ ।

उक्त कार्यक्रममा उपस्थितिको लागि लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष, संरक्षक, सल्लाहकारहरु सहित प्रदेश अन्तर्गतका जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार एवं कलाकारहरु लाई पत्रचार गरिसकेको र कार्यक्रमको अन्तिम तयारी भइरहेको समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीले ओझेल का खबर लाई जानकारी दिनु भयो ।

हमाल ठकुरीले दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रममा परदेशमै भए पनि आपसी सद्भाव र एकताको लागि जति सक्दो धेरै दोहाबासी नेपालीहरु एकै ठाउँमा उपस्थित भएर दु:ख सुख साट्दै राष्ट्रिय पर्वको शुभकामना आदानप्रदान गर्ने सुनौलो अवसर भएकोले सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

  समाजले स्थापना कालदेखि नै कतारमा मात्रै नभएर नेपालमा पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो