गुल्मी: २०६८ सालमा तत्कालिन अर्थसचिवबाट राजिनामा दिएर गुल्मीका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको अवलोकन भ्रमणमा आउनु भएका हालका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले यहाँबाट फर्केको एक महिना पछि एक पत्रिकामा लेख लेख्दै गुल्मीको एक प्रस्तावित विद्युत आयोजना अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए।
२०६८ साल असार २१ गते मंगलबारका दिन अन्नपुर्ण पोष्टमा ‘तम्घासमा एक रात’ शिर्षकमा छापिएको उनकोे लेखमा छल्दी पनाह खोला र निस्तेखोलाको संगम स्थल रातडाँडा देखि तल बडिगाड खोलाको संगम स्थल सम्म ड्याम बाँधेर विशाल जलाशययुक्त विद्युत आयोजना अगाडी बढाउनु पर्नेमा जोड दिएका हुन।
गुल्मी भ्रमणको पहिलो स्मरणमा उनले रिडीको ऋषिकेश मन्दिरमा आध्यात्मिक जीवन बिताइरहेकी वृद्ध फुपु संग भेट र ऋषिकेशको दर्शन गरी तम्घास तर्फ लागेको कुरा उल्लेख गरेका छन। तम्घाससम्म आइपुग्दा ठाउँ-ठाउँका प्राकृतिक शौन्दर्यको निकै वर्णन गरेका छन्।
त्यसपछि अर्को प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको वर्णन गर्दै त्यहाँको सम्भावनाबारे उनले गहिरो अनुसन्धानमुलक चर्चा त्यस लेखमा गरेका छन। त्यसपछि उक्त लेखमा उनले यस्तो स्मरण गरेका छन:
एक बिहान रेसुङ्गाको सेरोफोरो घुमेर बिताएपछि मलाई लाग्यो त्यो स्थल पुस्तक लेखन वा सिर्जनात्मक अनुसन्धानका लागि एकान्तबास गर्न उपयुक्त हुन सक्छ। यस्ता लेखक र सर्जकलाई समय बिताउन दिने प्रयोजनले रिसोर्ट खोलियो भने राम्रै चल्न सक्ने आँकलन गरे मैले। तम्घासको छोटो बसाईमा एक जना कर्मठ युवा दामोदर भुसाल संग भेट भयो। दामोदरजी आफुलाई राजनीतिकर्मी भन्दा पनि विकासप्रेमी भन्न रुचाउँछन। उनी कुन राजनीतिक दलका हुन भनी खोजतलास नगरी हामी गफियौँ। मानिसको खाने पानी र खाद्य प्रविधीमा परिवर्तन ल्याउनु पर्छ भन्ने सोँच कार्यन्वयनमा ल्याउनु पर्छ भन्ने सोँचमा छन उनी। उनको अर्को लगाव उर्जा विकासमा रहेछ। आफुले परिकल्पना गरेको एउटा आयोजना निर्माण भएको देख्न पाए आर्थिक रुपान्तरण तिव्र हुन सक्छ भनेर त्यो आयोजनास्थलको अवलोकन गर्न उनले हामीलाई अनुरोध गरे।

आयोजनास्थल हेर्न हामी हिँड्यौँ। तम्घासको उत्तरबाट ओरालो लागेर हामी राँतडाँडा हुँदै छल्दी पनाह र निस्तीखोलाको संगम स्थलबाट बडिगाडतिरको सिध्याएर फर्कन हामीलाई करिव ६ घण्टा लाग्यो।
यी तिन वटै खोलाको पानीको स्रोत स्थानीय जलाधार नै हो। सुख्खायाममा समेत जुन परिणाममा पानी बगेको छ र जस्तो पाहडी खोंचबाट यो बगेको छ त्यहाँ कुलेखानी भन्दा ठुलो जलाशय निर्माण गर्न सकिन्छ। एक टोली प्राविधिकले भ्रमण गरेर ५० मेगावाट क्षमताको जलाशाययुक्त आयोजना बन्न सक्ने संक्षिप्त प्रतिवेदन दिएको रहेछ।
खनाल त्यस आयोजनाको भ्रमणमा नजानु अघि प्राविधिक टोलीले दुई बर्ष लगाएर अध्ययन प्रतिवेदन तयार गरेको थियो। तत्कालिन अवस्थामा नेपाली कांग्रेस साविकको गुल्मी क्षेत्र नम्बर ३ को क्षेत्रिय सभापति छँदा यस परियोजनाको परिकल्पना गरेका थिए। अर्थविद खनालले यस आयोजना बारे सरकारलाई उक्त लेखमा केहि सुझावहरु पनि दिएका छन।
उनले भनेका छन्, ‘सरकारले तीन वटा कुरामा हिचकिचाउनु हुँदैन (क) अनुमतिपत्र दिनु।, ( ख ) विस्तृत डिजाइन, सर्वेक्षण र वातवरणीय प्रभाव मुल्याङ्कन गर्न आवश्यक पर्ने रकम अनुदान दिन।’ तत्कालिन अवस्थामा खनालले यस आयोजनाको लागत १४ अर्ब रुपैयाँ सम्म पर्न सक्ने अनुमान गरेका रहेछन्।
त्यस्तै पाँच देखि ६ बर्ष सम्ममा उक्त आयोजना निर्माण सम्पन्न हुने र सम्पन्न भईसकेपछि गुल्मेलीहरुको समृद्धिमा कोशेढुङ्गा सावित हुने उनको सुझाव छ। ‘अहिले उनी अर्थमन्त्री भएको बेला त्यस आयोजनामा उनको ध्यान जालाकि नजाला? यसबारे अर्थमन्त्री खनालको स्मरण गराउनु हुन्न?’ भनेर हामीले उनै परिकल्पनाकार डा. दामोदर भुसाललाई सोद्धा उनी भन्छन्, ‘अस्ती बधाई दिने क्रममा बोलचाल भएको हो। सही कुरा सम्झाउनु भयो। अब उहाँको अवश्य ध्यानाकृष्ट गराईने छ। गुल्मीको हकमा यो आयोजना सबैभन्दा ठूलो र महत्वपूर्ण आयोजना हो। जसलाई सम्पन्न गर्न सकिए गुल्मी जिल्लाको विकासको साँच्ची नै कोशेढुङ्गा सावित हुने छ। यो योजना विगतमा अगाडी बढ्न नसक्नुको कारण गुल्मीका उच्चतहका नेताहरुको ईच्छा शक्ति नहुनु हो।
अब हामी साझा धारणा बनाएर यस आयोजनालाई अगाडी बढाउन लाग्ने छौँ। उनले २०६८ साल अघि देखि दैनिक लुम्बिनीले राष्ट्रियकरण भएरै रामेश्वरज्युको चासो बढेको हो, पुनः यो बिषयलाई उठान गरेकोमा धन्यवाद दिन्छु।’ डा. भुसाल लुम्बिनी प्रदेश सरकारको योजना आयोगका पुर्व सदस्य हुन। उनले आजभन्दा एक दशक अघि हरेक परिवार, तरकारीमा अनियवार्य आत्मा निर्भर हुनुपर्छ भन्दै साविकको गुल्मी क्षेत्र नम्बर ३ मा एक घर एक करेसोबारी अभियान अगाडी सारेका थिए।
उनी अहिले बुटवलमा कृषि फार्म सञ्चालन गरेका छन। चिनबाट अध्ययन गरी फर्किएका भुसाल विकासका अन्य विभिन्न अवधारणा अगाडी सार्दै आएका छन।
उनि सहित छल्दीपनाह निस्ती जलाशययुक्त विद्युत परियोजना अगाडी बढाउन पुर्व मन्त्री तथा हाल गुल्मी क्षेत्र नम्बर २ का सांसद गोण विष्टले पनि चासो देखाएका थिए। सदरमुकाम नजिकै रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकाको सिमानामा पर्ने यस खोलामा जलशाययुक्त विद्युत आयोजना अगाडी बढाउन अहिले आएर यी दुवै पालिकाले पनि चासो देखाएका छन। रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी र मुसिकोटका मेयर जिवलाल खरेल ‘जीवन’ ले यस आयोजनालाई बढो महत्वका साथ लिएको र दुई पालिकाको साझेदारी र समन्वयमा माथिल्लो निकायमा पहल गर्ने बताउँदै आएका छन। यो आयोजना सम्पन्न हुँदा विद्युत मात्र नभई मत्स्यपालन, र्याटिङ्ग सेवा सञ्चालन गरी आन्तरिक र बाह्य पर्यटकको घुँईचो लाग्ने भुसालको भनाई छ।
खोला किनारको दुवै किनार तर्फ कडा चट्टान भएको र वस्ती पनि नभएकोले कुनै जोखिम नभएको, देशभरका यस्ता थुप्रै जलाशययुक्त परियोजनाबारे ध्यान गर्दा दुवै तर्फ पहरो भएकोले सबैभन्दा कम खर्चमा बढि विद्युत उत्पादन हुने उति बेला विज्ञहरुले प्रतिवेदन पेश गरेको तर अगाडी बढ्न नसकेको रातडाँडाका समाजसेवी तथा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राम मल्ल ठकुरी बताउँछन। माथि रातडाँडा सम्म जलाशय बनाउँदा वस्तीको जोगिम हुने भएकाले लसाहसम्म जलाशय बनेमा यो समृद्धिको निकै ठुलो आधार सिर्जना हुने ठकुरीको भनाई छ। सदरमुकाम तम्घासदेखि राताडाँडा सम्म १६ किलो मिटर र दोभान ईन्द्रगौडा सम्म २६ किलोमिटर दुरीमा पर्दछ।
त्यहाँसम्म पुग्ने सडक कतै पिच भएको छ भने अहिले पिच हुने क्रममा छ। खोला नजिकैको दोभान गाउँ कुमाल समुदायका समुदायको सुन्दरबस्ती छ। जहाँ होमस्टेका लागि निकै उपयुक्त थलो पनि छ। त्यस ठाउँमा माछा खानका लागि बर्षौँ देखि यता सदरमुकाम र उता बाग्लुङ्ग सम्मका मानिस आउने गरेका छन। रातडाँडा देखि बडिगाडको संगमस्थल सम्म दुवै तिर हरियाली पहाड र नागवेली खोला भएकोले प्राकृतिक रुपमै त्यो स्थान मनोरम रहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










