Awareness Campaign

गुल्मीमा १२ बर्षिया बालिका बलात्कार आरोपी पुरुष पक्राउ



प्रेम सुनार
४ हप्ता अगाडि


       

Awareness

Place for ads

गुल्मी: केहि दिन अघि गुल्मीमा एउटी १२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

यहि असोज ११ गते साँझ करिव ७ बजेको समयमा नाम गोप्य राखिएकी एउटी १२ बािर्षया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरका २५ बर्षिया राजु सार्कीलाई यहाँको प्रहरीले पक्राउ गरेको हो।

पीडित बालिकाका अभिभावकहरुले असोज १३ गते जबरजस्ती करणी सम्बन्धी जाहेरी दिए पछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गंगाबहादुर सारुले जानकारी दिनु भएको छ। त्यस्तै उहाँले दशैँ बिदा सकिए लगतै निजलाई जिल्ला अदालत गुल्मीमा पेश गरिएको र १५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको बताउनु भयो।

सिंचाई
Forest
Ad.

स्मरण रहोस् दुई बर्ष अघि त्यसै शान्तिपुरमा एक जना पुरुषले एउटी बालिकालाई बलात्कार पछि हत्या गरेर हुग्दीखोलामा फालेको अबस्थामा दोश्रो दिन प्रहरीले फेला पारेको थियो। हत्यामा संलग्न पुरुषलाई उसै दिन यहाँको प्रहरीले पक्राउ गरेको थियो। निजलाई जिल्ला अदालतले आजिवन कारावास सजायँको फैसला गरेको थियो।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →