काठमान्डौ, २० असोज: जेनजी आन्दोलनको क्रममा प्रहरीसँग विवादमा देखिएका एकजना युवा आफ्नै आमाको विभत्स हत्या गरेको आरोपमा धादिङमा पक्राउ परेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमाको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले आइतबार राति धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका थिए।
घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिइएको र घटनापछि गाउँ नै स्तब्ध बनेको प्रहरीले जनाएको छ।
यमबहादुर भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका भिडिओहरूमा धेरै भाइरल भएका थिए। सो भिडिओमा उनले ‘मेरो आँखामा डर छ, मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता अभिव्यक्ति दिएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






