गुल्मी, असोज– १ । गुल्मी जिल्लाको सुरक्षा समितिले चाड पर्व केन्द्रित विभिन्न निर्णयहरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले हामीलाई पठाएको विवरण अनुसार जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिष्णप्रसाद कोईरालको अध्यक्षतमा बसेको समितिको बैठकले आईरहेको दशैं लगायतका चाड पर्वमा जनताको आवतजावतमा कठिनाई हुन र दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय गरेको हो ।
‘ नजिकै आईरहेका महान पर्वहरु दशैं , तिहार र छट पर्वलाई मध्येनजर गर्दै यातायात व्यवस्थालाई भरपर्दो नियमित बनाउन सडकको मर्मत सम्भार गर्ने, बजारमा अत्याबश्यक खाद्यन्न , ईन्धन लगायतका अन्य उपभोग्य वस्तुहरुको अभाव हुन नदिन त्यस वस्तुहरुको सहन ढुवानी, आपुर्ति र वितरणको व्यवस्था मिलाउन सम्बन्धित सरोकारवालाहरु संग आबश्यक समन्व्य , सहकार्य , निर्देशन , अनुगमन र निरिक्षण गर्ने निर्णय गरियो । ’ –हामीलाई प्राप्त विवरणमा यस्तो उल्लेख छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







