Smoking Causes Cancer

गुल्मीमा पहिरोका कारण दुई परिबार घर बाट विस्थापित



ओझेलका खबर
१० महिना अगाडि


Place for ads

गुल्मी , असोज -१ । अविरल वर्षा सङ्गै घर मुनी बाट झरेको पहिरोले उच्च जोखिममा परे पछि एकै घरमा बस्ने गुल्मीका दुई परिबार घर बाट विस्थापित भएका छ्न ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका -२ छहरा भन्ने स्थानका एउटै घरमा बस्ने सासु नन्दकली बि.क. र बुहारी सुसिला बि.क. सहित ७ जनाको परिबार भदौ ३० गते दिउँसो देखि घरबाट विस्थापित भएका हुन ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले पठाएको विवरण अनुसार ढुङ्गा माटोले बनेको टिनले छाएको एक तले कच्ची घर अगाडी आँगन बाट पहिरो गए पछि त्यो परिबार विस्थापित भएका हुन ।
हिडडुल गर्न तथा बस्न जोखिम भएपछि बिक परिबारलाई प्रहरी चौकी मजुवाबाट प्रहरी सहायक निरीक्षक शिवधन प्रसाद कठरियाको कमान्डमा खटिएको प्रहरीले उद्दार गरि छिमेकी अमृता बिकको घरमा सारेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो