Smoking Causes Cancer

गुल्मीमा भतिजाको आक्रमणबाट काका गम्भीर घाईते



ओझेलका खबर
१० महिना अगाडि


Place for ads

गुल्मी, भदौ ३१ । गुल्मीमा दुई दिन अघि आफ्नै १६ बर्षीय भतिजाले धारिहलो हतियारले आक्रमण गरी गम्भीर घाईते भएका एक जना ब्यक्तीको यति बेला भैरहवा मेडिकल कजलेजमा उपचार गराई रहेको छ ।
  जिल्लाको गुल्मीदरबार गाउँपालिका १ कुर्लेचौरका अन्दाजी ५० बर्षीय केयरसिंह कुमाललाई उनका १६ बर्षीय भतिजा परिवर्तित नाम अनुपले भदौं २९ गते राती करिव साढे ११ बजेको समयमा घरमा आई खुुर्पा प्रहार गरेर गम्भीर घाईते बनाएको घाईतेका भानिज अनिल रानाले बताउनु भयो ।
    यस बिषयमा जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गंगाबहादुर सारु संग बुझ्दा घटनाको पुष्टि गर्दै आक्रमण गर्ने भतिजको उमेर कम भएका कारण नाम गोप्य राखिएको जानकारी दिनु  भयो । उहाँका अनुसार कुटपिटमा संलग्न किशोर प्रहरीको नियन्त्रणमा छन ।

   घाईतेको टाउँको छाती र पाखुरामा गम्भीर चोट छ । घाईतेकी भानिज रानाका अनुसार सुरुमा सुर्ति दिनु न साईलो बुवा भन्दै आएका थिए । पछि भात खान मागेका थिए । पछि मात्रै निजले हत्या गर्ने प्रयास स्वरुप खुर्पा बोकेर आएको घाईतेको श्रीमतिले देखेकी थिईन । घाईतेका रानाले पाल्पा युनिटाईटेड मिशन अस्पलालबाट भैरहवा मेडिकल कलेजमा रिफर गरिएको र अस्था गम्भीर रहेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो