Salime Malika Krishi Farm

Awareness Campaign

जाजरकोटमा जिप दुर्घटना ७ जना घाईते



ओझेलका खबर
६ महिना अगाडि


Awareness

Place for ads

गुल्मी , भदौ-२३  । आज विहान जाजरकोटमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 आज विहान करिव १० बजेर २५ मिनेटको समयमा जाजरकोटको शिवालय गाउँपालिका १ सालतडाबाट चौरडाँडा तर्फ आउँदै गरेको क.प्र.०२००१ च ०३५० नम्बरको डबल क्याप बोलेरो जिप अन्यन्त्रित भई सडक देखि करिव २५ मिटल तल खसेर दुर्घटना हुँदा त्यसमा सवार १० जना मध्ये ७ जना घाईते भएको त्यस जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  सो कार्यालयल हामीलाई पठाएको विवरण अनुसार त्यस जिप चालक शिवालय गाउँपालिका ८ का हस्तबहादु बुढाको अबस्था गम्भीर रहेको छ ।

उनको टाउँकोमा गम्भीर चोट लागेको छ । त्यस्तै भेरी नगरपालिका १ का ४६ बर्षिया अबिकला रानाको  पनि टाउँकोमा गहिरो चोट लागेको र अबस्था गम्भीर छ ।

सिंचाई
Forest
Ad.

 त्यस्तै मध्येम अबस्था रहने घाईतेहरुमा शिवालय ३ का बर्ष ६० का काँशी प्रसाद जैसी, सोही स्थानकी ५२ बर्षिया शोभाकुमारी रेग्मी, सुर्खेतको सिम्ला गाउँपालिका १ की २५ बर्षिया रेखा सुनार , र उनका अन्दाजी २ बर्षका छोरा सुरेश रहेका छन ।

उनिहरुलाई थप उपचारका लागि नेपालगञ्ज तर्फ बठाईएको  जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो