Clean Water Campaign

Awareness Campaign

पुर्कोटदहको गोलपोखरी बनाईयो आकर्षक गन्तव्य स्थल



प्रेम सुनार
४ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी,भदौ २३: गुल्मीको  पुर्कोटदह स्थित ऐतिहासिक गोल पोखरी स्थानीय सरकारको  पहलमा  संरक्षण गरि आकर्षक गन्तव्य  स्थल बनाईएको छ ।

मदाने गाउँपालिका ६ मा पर्ने उक्त गोल पोखरी संरक्षणको अभावमा  सुख्खा भई खेल मैदान  र कार्यक्रमहरु गर्ने चौर बनेको थियो । तर जब संरक्षण गरियो तब अहिले जलमग्न छ ।

रातमा रंगिविरङ्ग लाईटिङ्ग , पानीको फहरा, बिश्राम स्थल लगायत आकर्षक संरचना बनाईएको छ । मदाने गाउँपालिकाको पुरातात्विक सम्पदा मध्येको एक मानिने गोलपोखरी संरक्षणका लागि त्यस  वडा नम्बर ६ वडाध्यक्ष मनिराम थापा देखि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले विगत देखि नै  माथील्ला तहका नेताहरु संग हारगुहार गर्दै आउनु भएको थियो ।

सिंचाई
Forest
Ad.

सोही क्रमममा दुई  बर्षँ अघि सिर्सेनी स्थित अरविन्दा आश्रमको बािर्षकोत्सवमा  लुम्बिनी प्रदेशका तत्कालिन प्रदेश प्रमुख अमिक शेरचन आएको बेला मदाने गाउँपालिकाका अध्यक्ष कुँवरले सोही गोल पोखरीको अवलोकन गराएर त्यसको संरक्षणमा पहल गरिदिन आग्रह गर्नु भएको थियो ।

तत्कालिन प्रदेश प्रमुख शेरचनले  आफुले केहि न केहि पलह गर्ने बचन दिनु भएको थियो । आज भन्दा करिव ७० बर्ष अघि एक जना दलितको अगुवाईमा खनेको पोखरी हो त्यो

उति बेला पानीको हाँहकार भए पछि पुर्कोटदहका स्वर्गीय बिसे कामीले फरुवाले खन्दै र  गाउँबासी जुटाउँदै  पोखरी खनेका थिए । त्यस बेलाका साँछी उनै बिसे कामीका नाती ७५ बर्षीय बृद्ध डुके कामी हुनुहुन्छ ।

उहाँ भन्नु हुन्छ –‘ म त्यस्तै  ६  ७ बर्षको थिएँ, हजुरबुवाले फरुवा लिएर खनेको सम्झीन्छु ।  उति बेला पानीको हाँहकार हुन्थ्यो । डोंड बनाएर आकाशको पानी संगाल्थे ।  त्यहाँ दह थियो । त्यही दहलाई पानी जमाउने पोखरी बनाउन उहाँले गाउँका ईस्टा मित्रलाई पनि जुटाएर खन्नु भएको थियो ।

Awareness by SKF

यहि पोखरीमा दुई चोटी गाईलाई नुन समेत खुवाउनु भएको थियो । उहाँ धर्म कर्म खुब मान्नु हुन्थ्यो । उहाँको मृत्यु २०२० साल तिर भएको हो । ’
त्यस वडा नम्बर ६ का वडाध्यक्ष मनिराम थापा भन्नु हुन्छ –‘ मैले आज भन्दा तीन बर्ष अघि  वडाध्यक्षको कार्यभार सम्हाल्दा पहिलो निर्णय नै  यस गोलपोखरीको संरक्षण गर्छु भनेर गरेको  थिएँ त्यो निर्णय आज कार्यन्वयन भएको महसुस गर्दै हर्षित भएको छु ।

करिव १ करोडको लागतमा बनेको यस पोखरीमा बर्षायाम भएकोले रंगरोगन गर्न बाँकी छ । अरु काम सकिएको छ । यस पोखरी संरक्षणमा सांसद गोकर्ण बिष्टज्युको पनि साथ छ । ’
  त्यस गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले  त्यस पोखरी खन्ने बिसे कामीको सम्मान गर्दै पोखरी संरक्षणका लागि धेरै पहिलै देखि पहल गरे अनुसार अहिले सफल भईएको बताउनु भयो ।

  उहाँले भन्नु –‘ भयो दुई बर्ष अघि त्यति बेलाका प्रदेश प्रमुख अमिक शेरचन ज्युलाई यस पोखरीको  अवलोकन गराउन यहाँ लिएर आएका थियौं ।

यहाँका महिलाहरुको बाजागाजाका साथ उहाँलाई भव्य स्वागत गर्दै यस पोखरीको ईतिहास बारे अवगत गराएका थियौं । ।

  उहाँले वचन दिए अनुसार बजेट परेर पोखरी यो अवस्थामा पुगेको हो । अझ यसलाई थप आकर्षक बनाउने  र मार्थी कंकेदेउराली  सहित यहाँको  पर्यटकिय विकासमा जुटिरहेका छौं । ’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →