Hi-Speed Computer

Awareness Campaign

कोरोना संक्रमणबाट गुल्मी शान्तिपुरका समाजसेवी श्रेष्ठको मृत्यु, पूरा गाउँ शोकमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– प्रेम सुनार

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरको समाजिक क्षेत्रमा अग्रसर समाजसेवी थिए अशेष श्रेष्ठ। तर, दुर्भाग्य कोरोना संक्रमणले असार १ गते ४२ वर्षको उमेरमा शान्तिपुरको विकासका उनै प्रमुख सहयोगी साथी अशेष श्रेष्ठ गुमाउँदा शान्तिपुरका बासिन्दा लगाएत समाजसेवीहरु शोकाकुल बनेका छन्। उनी मात्र होइन उनका पिता-पुर्खासम्म सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेल्ने विरासत बोकेको परिवार हो उनको। शान्तिपुर घर भएका गुल्मीका वरिष्ठ पत्रकार घनश्याम गौतमका अनुसार अशेषका हजुरबुवा मधुरा प्रसाद श्रेष्ठ र बाबु निमलाल श्रेष्ठ शान्तिपुरको शैक्षिक क्षेत्रको विकासका खम्बा नै थिए।

शान्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष जीवनमान श्रेष्ठ भन्छन्, ‘अशेष बाणिज्य संघको सदस्य मात्रै थिएनन्। शान्तिपुरका गहना थिए। समाज सेवाको क्षेत्रमा एउटा सशक्त युवाको नाम थियो। उनलाई गुमाउनु पर्दा शान्तिपुरवासी शोकाकुल छौँ।’अध्यक्ष श्रेष्ठ थप्छन्, ‘जसरी पछिल्लो चरण युवा समाजसेवीका रुपमा अशेष जिल्लाभर चिनिए त्यसरी नै उनका पिता निमलाल श्रेष्ठ र हजुरबुवा मथुराप्रसाद श्रेष्ठ जिल्लाभर चर्चित थिए।’

Forest
Forest
Ad.

पत्रकार गौतम भन्छन्–‘उति बेला अनिकालमा गरिब–विपन्नहरुको घरमा छाक अड्किदा ‘शान्तिपुरका साहुजी’ भनेर मथुरा प्रसाद र उनका छोरा निमलाल श्रेष्ठलाई सम्झिथे। श्रेष्ठ परिवारले त्यस्ता परिवारलाई मन फुकाएर अन्न–पानी सहयोग गर्ने गर्दथे र उनका छोरा–नाती अशेष जिल्ला कै उदियामान समाजसेवी थिए।’ चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले स्वर्गीय अशेष श्रेष्ठ परिवार समाज सेवाको क्षेत्रमा विरासत बोकेको परिवार भएको बताए।

अध्यक्ष खत्री भन्छन्–‘उदय माविको स्थापना गर्न अशेषको हजुर बुवा मथुराप्रसाद श्रेष्ठको अग्रणी भूमका रहेको बुढापाकाहरु बताउँछन्। उनले उदय मावि स्थापनाका लागि जग्गा दान गर्नुभयो। शान्तिपुर बसपार्कका लागि पनि उनले नै जग्गा दिनु भएको थियो। चन्द्रकोट क्याम्पस स्थापनाका लागि लगाईएको धान्याञ्चलमा उनको परिवारले हजुरबुवाका नाममा जग्गा सहित २० लाख दान गरे।

यता सदरमुकाम तम्घासमा सामाजिक क्षेत्रका सबै अगुवाहरु अशेष श्रेष्ठलाई अल्पआयु मै गुमाएकोमा सामाजिक सञ्जालमा गहिरो पीडा व्यक्त गरेका छन्। कोरोना पोजेटिभ देखा परेपछि उनलाई मृत्युको दुई हप्ता अघि काठमाण्डौ लगिएको थियो। तम्घास बसपार्क निवासी उनका निकटतम साथी सुनिल श्रेष्ठ भन्छन्, ‘मृत्युको चार दिन अघि मात्रै मसंग फोनमा कुरा भएको थियो। कस्तो छ स्वास्थ्य अवस्था भनेर सोद्धा अशेषले मलाई ठिकै छ भन्दै थिए। तर, दुर्भाग्य चार दिन नबित्दै यस्तो दुःखद खबर सुन्नु पर्यो। ’उनको मृत्युले जिल्लाका सारा ब्यवसायीहरु शेकमा डुबेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए। शान्तिपुरमा क्रियाशील उदय शान्ति युवा क्लवका सदस्य थिए अशेष श्रेष्ठ।

त्यस क्लबका अध्यक्ष अर्जुन थापा भन्छन्, ‘यस क्लवको एउटा सशक्त साथी गुमाउँदा हामी भावविह्ल भएका छौं। उहाँ कुनै पोष्टमा बस्न नचाहने तर क्लबले आयोजना गर्ने चक्रेश्वर मेलादेखि हरेक कार्यक्रममा उनको भूमिका भने नेतृत्वदायी थियो ।’ मृतक अशेष श्रेष्ठका भाई अनुप श्रेष्ठका अनुसार उनीहरु दुई भाई र एक दिदी हुन् । घरमा मृतककी श्रीमती अम्बिका श्रेष्ठ र दुई छोराहरु रहेका छन् । मृतक अशेषका पिता निमलाल श्रेष्ठ साविक शान्तिपुर गाविसका पूर्व गाविस अध्यक्ष हुन्।

Awareness by SKF

उनी गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चन्द्रकोट गाउँपालिका अध्यक्ष पदका उमेदवार हुन् । उनी नेपाली कांग्रेसका उम्मेदवार द्रोणबहादुर खत्रीसंग झिनो मतले पराजित भएका थिए। स्वर्गिय श्रेष्ठ नेकपा एमाले निकट युवा संघका जिल्ला अध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नं. ७ संघका जिल्ला सदस्य र नेकपा एमालेका जिल्ला पार्टी कमिटीका पनि सदस्य थिए।

प्रेम सुनार
प्रेम सुनार हुलाकपाटी डट कमका प्रमुख संवाददाता हुन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया