अवुधाबी: ‘इस्मालीको शान, एकता, सद्भाव र सहयोग हाम्रो पहिचान’ भन्ने नाराका साथ इस्माली समाज यूएईले यस वर्ष पहिलो पटक अवुधाबीमा भव्य तीज सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी २०२५ अगस्त १७ गते आइतबार, अवुधाबीस्थित Smile Lounge Events Hall, ADCP Commercial Tower-B, Above Manila Hypermarket (Electra Street) मा कार्यक्रम हुने तय गरिएको आयोजक समितिले जानकारी दिएको छ।
कार्यक्रममा इस्माली समाज यूएईका चर्चित गायक-गायिका तथा प्रतिभाशाली कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। गायक होमनाथ कुँवर, विनय खत्री, सुरेन्द्र सिंह ठकुरी, बाबुराम कुँवर, मधु कुँवर, राम विश्वकर्मा र सरोज थापा मगरको साथमा गायिका रजिता कुँवर, दिपिका बस्नेत, माया कुँवर, निरुता गैरे लगायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। यसैगरी, नृत्याङ्गना सुश्मा कुँवर खत्री विशेष प्रस्तुति दिनेछिन्।
कार्यक्रमको सञ्चालन महासचिव मनोज ज्ञवालीले गर्नेछन्। कार्यक्रम संयोजनको जिम्मेवारी हरि विष्ट र राधिका विष्टले निर्वाह गर्नेछन्।
महासचिव मनोज ज्ञवालीका अनुसार, “यो कार्यक्रम प्रवासमा रहेका नेपालीहरूबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै, हाम्रो मौलिक सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण प्रयास हो।”
अध्यक्ष मन बहादुर कुँवरका अनुसार, “हामी सम्पूर्ण इस्माली तथा नेपाली समुदायलाई एउटै परिधिमा जोडेर, आपसी खुशी, एकता र सहकार्यको वातावरण सिर्जना गर्न कटिबद्ध छौं।”
यस विशेष सांगीतिक समारोहलाई सफल बनाउन प्रतिष्ठित प्रायोजकहरूको उल्लेखनीय योगदान प्राप्त भएको छ। प्रमुख प्रायोजकहरूमा Didi Bahini Ladies fashion Tailoring ,Shree Laxmi Jewellery, Sagar Jewellery, Insta Restaurant, Axis Graphics, Gaubesi Restaurant, Trusted Key Typing, Green Sky Travels र Al Dahab Exchange रहेका छन्। आयोजक समितिले यी संस्थाहरूको निरन्तर सहयोग र समर्थनका लागि विशेष धन्यवाद प्रकट गरेको छ।
आयोजकका अनुसार, अवुधाबीमा पहिलो पटक आयोजना हुन लागेको ‘तीज धमाका २०२५’ ले प्रवासमा रहेका इस्माली तथा नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक संरक्षण र सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन सम्पूर्ण इस्माली तथा नेपाली समुदायका सदस्यहरूलाई समयमै उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |