Clean Water Campaign

Awareness Campaign

जय जय कोटेश्वर समूहको चौथो प्रस्तुति ‘धन वैरीले के गरो’ सार्वजनिक



ओझेलका खबर संवाददाता
१ मिनेट अगाडि


       

Awareness

Place for ads

गुल्मी: जय जय कोटेश्वर समूहको निर्माणमा लोक भजन ‘धन वैरीले के गरो’ सार्वजनिक गरिएको छ। उक्त समूहको यो चौथो प्रस्तुति हो‌।

म्युजिक भिडियोको रुपमा भजन विभिन्न विधामा पाउन सकिन्छ। शास्त्रीय/ मौलिक /लोक र आधुनिक भजनहरू बजारमा छन् तर जय जय कोटेश्वर समूह भने हमेसा लोक भजनमा अझ भनौँ मौलिक लोक भजनहरुमा निकै लागि परेको हामी पाउँछौं। यसपटक सार्वजनिक गरिएको चौथो श्रृङ्खलामा पनि अत्यन्तै मिठो अलौकिक भजन सार्वजनिक गरिएको छ।

यसपटक पनि दोस्रो श्रृङ्खलाका भजनकार हेमनाथ खरालले नै कलम चलाएका छन्।‌ भजनको रचनाकार हुन् वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिका महासचिव हेमनाथ खराल, जो पछिल्लो समय गीत संगीतक्षेत्रमा गीतकारको रुपमा उदयमान नाम पनि हो। उनले लेखेका दर्जनौँ गीहरु उत्कृष्ट छन्। शब्दको खेतीमा उनी माहिर छन् भन्ने हामी ठान्दछौँ।

सिंचाई
Forest
Ad.

भजनको विषयवस्तु सेरोफेरोमा रहेका तीर्थ जाने रहर त लाग्छ तर ती तीर्थहरूमा जान कहिले धनले कहिले समयले कहिले शरीरले साथ दिँदैन। मानिसहरु चारधामका कुरा गर्छन् तर मनचङ्गा हुने हो भने लोटामा गङ्गा उत्पन्न हुन्छिन् भन्ने पौराणिक भनाइलाई उद्धृत गर्दै तीर्थ जाने रहर भएर पनि जान नसकेका गुनासाहरु एवं सामाजिक र धार्मिक परिवेशलाई मसिनोसँग व्याख्या गरेका छन् गीतकारले। पछिल्लो समय असाध्यै सुमधुर स्वरले चर्चित कलाकारहरू सिमा नेपाली, ओम सेन्चुरी, महेन्द्र भण्डारी लगायतले गाएको यो मिठो भजन निकै नै कर्णप्रिय छ।

‘यस धार्मिक सिर्जनाले धेरै दर्शक तथा श्रोताको माया पाउने विश्वास छ।’ गुल्मीको अर्लाङकोटमा जन्मेर लामो समयदेखि दक्षिण कोरियालाई कर्मथलो बनाएका सर्जक हेमनाथ खरालले ओझेलका खबर डटकम संगको कुराकानीमा भने, ‘तन मन र निकै मेहेनत साथ निर्माण गरिएकोले सिर्जना उत्कृष्ट बनेको छ।’ उनले दर्जनौँ गीतमा कलम चलाइसकेका छन् भने केही गीतमा स्वर पनि भरेका छन्।

मोडल बिपना पन्थ र नवीन बन्जाडेको प्रमुख भूमिका रहेको यो भिडियोमा समीक्षा भट्टराई लगायतको नृत्य तथा अभिनय रहेको छ। अत्यन्तै सामाजिक परोपकारी पत्रकार महेन्द्र कौशलले निर्देशन गरेको यो म्युजिक भिडियो अहिले चर्चामा छ।

हेरौँ उक्त भजनको म्युजिक भिडियो:

Awareness by SKF

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो