काठमाडौं ,साउन- १८ । शनिबार काठमाडौंमा सम्पन्न एक कार्यक्रमका बक्ताहरुले नेपालको माओवादी आन्दोलनमा पचास लाख दलित समुदायको प्रतिनिधित्व रहेको बताएका छ्न ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको पोखरामा सम्पन्न प्रथम भेलाका बक्ताहरुले यस्तो बताएका हुन । पोखराको नयाँबजारस्थित सगुन क्याफेमा सम्पन्न भेलाले मान बहादुर विश्वकर्मालाई संयोजक र इन्द्र सुनुवारलाई सचिवमा सर्वसम्मत निर्वाचित गर्दै ३९ सदस्यीय गण्डकी प्रदेश सम्पर्क समन्वय समिति गठन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य झक्कु सुबेदीले माओवादी जनयुद्ध र उसले एजेन्डा अगाडी नसारेको भए २०४६ देखि २०६० सम्म राजा महाराजहरुको जो आदेशका भरमा राजनीति गर्दै आएका पुरना दलहरुले दलितहरुलाई उहिले कै अबस्थामा राख्ने ठोकुवा गर्नु भएको थियो ।
त्य्स्तै विशेष अतिथि दलित मुक्ती मोर्चा केन्द्रीय इन्चार्ज तथा संविधान सभा सदस्य पर्शुराम रम्तेल, राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी, पूर्व युवा तथा खेलकुद मन्त्री , मोर्चाका केन्द्रीय अध्यक्ष दलजित सेर्पालीले दलित समुदायको मुक्ति आन्दोलनको एक मात्र मुक्तिदाता पार्टी माओवादी हुँदाहुँदै पनि कतिपय दलित नेताहरु अन्य पार्टीलाई बालिघरे बिष्ट झै ठानेर बर्ग मित्र माओवादीलाई बर्ग सत्रुको रुपमा हेर्ने गरेको प्रति रोष प्रकट गरेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का विभिन्न तहका नेताहरू, दलित मुक्ती मोर्चाका अन्य केन्द्रीय पदाधिकारीहरू, तथा अन्य पार्टीका नेताहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्ताना, वाईसिएल नेपाल केन्द्रीय सचिव धिरज उपरकोटी, लगायत विभिन्न तहका पार्टी नेताहरूको उपस्थितिमा भेला सम्पन्न भएको हो।
भेलाले समावेशीता, संगठन सुदृढीकरण, र दलित मुक्तिको अभियानलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि झक्कु सुबेदीले थप्नु भयो -“दलित मुक्ती मोर्चाले देशभरिका दलितहरूलाई एकताबद्ध गर्नुपर्छ। जनयुद्धकै कारण दलितहरू अधिकार र समावेशीतामा पुगेका हुन्। माओवादी आन्दोलनले दलितको मुद्दा बलियो बनाएको छ।”
त्यस्तै, संविधान सभा सदस्य पसुराम रम्तेलले भन्नु भयो – “पचास लाख दलितको प्रतिनिधित्व नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ। यदि जनयुद्ध नभएको भए आजको यो परिवर्तन सम्भव हुनेनै थिएन ।,
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |