धिरज उपर्कोटी
काठमाडौं , साउन -१८ । प्रगतिशील बन्धु समाज नेपालले गत बर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा लिई उतिर्ण हुने ४५ जना बिध्यार्थी हरुलाई काठमाडौंको बसुन्धरामा एक समारोहका बिच सम्नान गरेको छ ।
सम्मानित मध्ये सर्बोत्कृष्ट एक जनालाई समाजले छात्रवृत्तिमा अध्ययन गराउने सम्झौता समेत गरेको छ। यो पहल समाजको शिक्षा र अवसर प्रतिको प्रतिबद्धताको सशक्त उदाहरणको रूपमा हेरिएको छ।
प्रगतिशील बन्धु समाज नेपाल भरका सार्की समुदायका सदस्यहरूलाई संगठित गर्दै स्थापना गरिएको संस्था हो। यो संस्थाले देशभर छरिएर रहेका सार्की समुदायलाई एक सूत्रमा बाँध्ने उद्देश्य सहित विविध सामाजिक कार्य गर्दै आएको छ। हरेक वर्ष त्यस समुदायबाट एसईई परिक्षामा उतिर्ण हुने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको यस संस्थाले हौसला र प्रेरणा दिनु कार्यक्रमको मूल उद्देश्य रहेको जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन, र भविष्य प्रतिको लगावको कदर गर्दै सम्मानपत्र तथा उपहार प्रदान गरिएको थियो।
उक्त अवसरमा समाजका पदाधिकारीहरू, अभिभावक, शिक्षक, शिक्षाविद्, विभिन्न क्षेत्रका अगुवा, साथै नेपाल सरकारका सहसचिव, उपसचिव तथा अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
वक्ताहरूले विद्यार्थीहरूलाई निरन्तर लगनशील रहन, उच्च शिक्षाको तयारीमा जुट्न, र समाजप्रतिको उत्तरदायित्व आत्मसात् गर्दै अगाडि बढ्न प्रेरणापद मन्तव्य राखेका थिए।
समाजका अध्यक्ष भीम बस्यालले भने, “हामी यो संस्था देशैभर लैजाने योजना छ, जसबाट सबै सार्की समुदाय एकै माला जस्तो जोडिनेछन्।”
त्यस्तै, सचिव अर्जुन मग्रातीले थपे, “हामी अन्य सामाजिक कार्यमा पनि जुट्नेछौं, र हाम्रो समुदायका बालबालिकाहरूलाई आर्थिक कारणले पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो प्रतिबद्धता हो। हाम्रो भाईचारा र एकता झन् सशक्त बनाउनेतर्फ अग्रसर छौं।”
उहाँले प्रगतिशील बन्धु समाज नेपालले आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षाको माध्यमबाट समुदायको सशक्तीकरण गर्ने अठोट व्यक्त गर्नु भयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |