गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-३, ठूलापोखरा स्थित बडागाउँ स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुका लागि नि:शुल्क गर्भ परीक्षण भिडियो एक्सरे सेवा साउन १४ गते देखि सञ्चालनमा आएको हो।
भिडियो एक्सरे सेवा सोही वडाका वडाध्यक्ष शंकर बहादुर रायमाझीको र समग्र नगरपालिकाको पहलमा प्रदेश सरकारले करिब १२ लाख बराबरको मेसिन उपलब्ध गराएको वडा अध्यक्ष रायमाझीको भनाइ छ।
यो नि:शुल्क सुविधा वडा नं २, ३, र ४ का गर्भवती महिलाहरुलाई लक्षित गरिए सँगै सेवा लिन पाउने पनि रायमाझीले बताउनु भयो। सेवा सञ्चालनमा आए सँगै गर्भ परीक्षण गराउन गर्भवती महिलाहरुको बाक्लो उपस्थिति रहेको पनि स्वास्थ्य चौकी इन्चार्ज मनोज श्रेष्ठले बताउनुभयो।
यो सेवा सञ्चालनमा आए सँगै वडा नं २, ३ र ४ का महिलाहरुलाई ठूलो राहत मिलेको महिला दिदीबहिनीहरुको भनाई सँगै खुसी व्यक्त गरेको अध्यक्ष रायमाझीले बताउनु भयो। वडाका हरेक कमीकमजोरी, अभाव र आवश्यकतालाई पूरा गर्दै जाने र धेरै कुरामा सुधार सँगै आवश्यकता पूर्ति हुँदै आएको पनि अध्यक्ष रायमाझीले बताउनुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |