Clean Water Campaign

Awareness Campaign

लाखेको पाइलामा बज्यो संस्कृतिको ताल



लालु प्रसाद गैरे
१ हप्ता अगाडि


Awareness

Place for ads

गलकोट: गलकोट नगरपालिका-३, हटियामा बसोबास गर्ने नेवार समुदायले आफ्नो परम्परा अनुसार आज लाखे नाचको आकर्षक प्रदर्शन गरेका छन्। प्रत्येक वर्षझैं गठेमङ्गलदेखि सुरु हुने वर्षे जात्राको मुख्य आकर्षणको रूपमा यस नाचलाई लिइन्छ।

नेवार समुदायका अनुसार जनै पूर्णिमा, कृष्ण जन्माष्टमी र नाग पञ्चमीमा विशेषरूपमा लाखे नाच देखाउने परम्परा रहेको छ। यसै सन्दर्भमा आज नाग पञ्चमीको अवसरमा युवादेखि वृद्धसम्मको सहभागितामा लाखे नाच प्रस्तुत गरिएको हो।

लाखे बन्ने व्यक्तिले राक्षसको आकृति झल्कने खप्पर (मुखौटा) टाउकोमा लगाउने चलन छ। पहिले यो खप्पर काठबाट बनाइन्थ्यो भने अहिले पित्तल वा सिल्टीबाट तयार पारिन्छ। खप्परको शिरमा रंगीचंगी ध्वजाका साथै १२/१५ वटा चौरी गाईका पुच्छर (चमर) जडान गरिन्छ, अनि रंगीन फेटा बाँधिन्छ।

सिंचाई
Forest
Ad.

नाचमा ढोलक, झ्याली र तालीको तालमा युवा–युवतीहरूको आकर्षक प्रस्तुति हुन्छ, जसलाई हेर्न टाढाटाढाबाट दर्शकहरू जुट्ने गर्छन्। जात्राको अवधिभर बालबालिकालाई नडराउन तथा कसैलाई केही अप्ठेरो नहोस् भनेर विशेष धार्मिक अनुष्ठान पनि गरिन्छ।

नेवाःखल गलकोटका कोषाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार लाखे नाचको विधिवत समापन श्रीकृष्ण जन्माष्टमीमा गरिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो