Clean Water Campaign

Awareness Campaign

तम्घास-छल्दी सडकखण्ड: खाल्डैखाल्डाले जोखिमपूर्ण यात्रा



ओझेलका खबर संवाददाता
४ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी। मदन भण्डारी राजमार्गको सडकमा खाल्टैखाल्टाले सवारीसाधनमा आवतजावत गर्न निकै कठिनाइ हुँदै आएको छ । राजमार्गमा जताततै भएका खाल्डाले गर्दा दुर्घटना निम्त्याउने जोखिम बढेको छ ।

गुल्मी जिल्लास्थित मदन भण्डारी राजमार्ग अन्तर्गतको तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै र सडकका घुम्तीमै खाडल भएपछि दुर्घटनाको जोखिम बढेको हो । उक्त सडकखण्डको नालीमा घाँस र माटो भरिएर सडकमै पानी जम्मा हुँदा थप दुर्घटना बढ्दै गएको यात्रुले गुनासो गर्दै आएका छन् ।

राजमार्गका विभिन्न स्थान र घुम्तीमा कतै ससाना खाल्डा र कतै पानीका पोखरी जस्तै ठुला खाल्डा बन्दासमेत सडक मर्मतमा सरोकारवाला निकायले चासो देखाएको पाइँदैन ।

सिंचाई
Forest
Ad.

छ वर्षपहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडकखण्ड अहिले जीर्ण बन्दै गएको छ । समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको हो । सवारीचालक लोकेन्द्र खत्रीले रातको समय उक्त सडकको यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गुनासो गर्नुभयो ।  ।

उहाँले लामो समय बित्दासमेत सडक मर्मत नहुनु दुःखद पक्ष भएको बताउनुभयो । अटोचालक केशव कुँवरले सडक जीर्ण बन्दै जान थालेपछि साना सवारीसाधनलाई बढी समस्या पर्दै गएको बताउनुभयो । उहाँले राजमार्गमा यात्रा गर्दा घुम्तीमा ठुला सवारीसाधनले पेलेर आउँदा निकै जोखिम मोल्नु परेको गुनासो गर्नुभयो । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निर्माण सम्पन्न भएको थियो । मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले सडकमा सामान्य मर्मतको काम पनि नगर्दा थप जोखिम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।

राजमार्ग भएर गुल्मीका अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारीसाधन चल्ने गर्दछन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले सडकका खाल्टाखुल्टी पुर्नका लागि ठेक्का लगाइसकिएको बताउनुभयो । बजेटको व्यवस्थापन गरी अन्तिम चरणमा ठेक्का लगाएकाले वर्षायाममा काम गर्न नसकिएको उहाँको भनाइ छ । पौडेलले वर्षायाम सकिएलगत्तै तम्घासदेखि सिमलटारीसम्मका खाल्टाखुल्टी मर्मत गरिने जानकारी दिनुभयो ।-गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो