Smoking Causes Cancer

कपडा बेच्न गएका बारा निवासी साहमाथि कुटपिट र लुटपाट



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


Place for ads

बारा: बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–८ कचोरवाका अरुण कुमार साहमाथि काठमाडौंको कीर्तिपुरमा कुटपिट तथा लुटपाट भएको छ।

कपडा व्यवसायका लागि कीर्तिपुर गएका बेला हिजो दिउँसो अपरिचित ४–५ जनाको समूहले साहमाथि एक्कासी आक्रमण गरी अनुहारमा छुरा प्रहार गर्दै गम्भीर घाइते बनाएको परिवार स्रोतले जनाएको छ।

घटनापछि उनलाई कीर्तिपुर प्रहरीले उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ।

सिंचाई
Forest
Ad.

पीडित पक्षले दोषी समूहलाई छिटोभन्दा छिटो पहिचान गरीकानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। घटना बारे अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो