Clean Water Campaign

Awareness Campaign

कृष्ण खनालद्वारा जन्मदिनको खर्च कटाएर शैक्षिक संस्थालाई सहयोग



ओझेलका खबर
४ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी, साउन ८: गुल्मीको सदरमुकाम तम्घासका युवा व्यवसायी कृष्ण खनाले आफ्नो जन्म दिन मनाउँदा गरिने फजुल खर्च कट्टा गरि यहाँको एक शैक्षिक संस्थालाई सहयोग गरेका छन ।

आज साउन ८ गते खनालको जन्म दिन हो । यस अवसरमा खनालले खम्घास खानी गाउँस्थित सिद्धबाबा माध्यामिक विद्यालयलाई ५५ हजार ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन ।

हरेक बर्षको जन्म दिनमा उनले यसरी नै सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन । ‘ शिक्षामा सुचना तथा सञ्चार प्रविधिको प्रयोग गरि शैक्षिक गुणस्तर बृद्धि गर्न योगदान पुराउँदै आएका खनाल अत्याधुनिक सुचना र प्रविधि भित्राउने युवा व्यवसायीको छवि स्थापित गरेका छन । बुटवल सम्म ब्रान्च रहेको हाई स्पिड कम्युटर प्रालिका प्रोप्राईटर रहेका खनाल गत बर्ष राँयढुङ्गा मन्दिरमा निशुल्क सिसीटिभी जडान गरि प्रहरीको सुरक्षा सर्तकतामा योगदान पुराएका थिए ।

सिंचाई
Forest
Ad.

जन्म दिनको अलवा त्यस प्रालिको हरेक बर्ष मनाईने बार्षिकोत्सवमा उनले विभिन्न क्षेत्रमा योगदान पुराउनेहरुलाई सुचना , प्रविधि र नगद पुरस्कारले पुरस्कृति गर्दै पनि आएका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो