Smoking Causes Cancer

पर्वतमा पहिरोले घर बगाउँदा श्रीमान मृत फेला, श्रीमति बेपत्ता



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी, साउन ४: पर्वतको मोदी गाउँपालिका वडा नम्बर ३, देउराली लाङ्दीमा गएरातीको पहिरोले घर संगै बगाउँदा श्रीमानको अहिले विहान शव फेला परेको छ भने श्रीमति बेपत्ता भएकी छन।

जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार त्यस गाउँका ७६ बर्षीय छविलाल बिकको अहिले विहान शव फेला परेको हो।

बेपत्ता भएकी उनकी विष्णुमति विकको खोजी कार्य जारी छ। बुहारी भने भागेर बाँच्न सफल भएकी छन। त्यस वडाका वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले राती करिव ४ बजेतिर आफुलाई जानकारी भई प्रहरीलाई सुचित गरेको र अहिले आफु मोटरसाईकल चलाउन नजान्ने भएकोले हिडेर दुई घण्टाको बाटो त्यस तर्फ जाँदै गरेको बताउनु भयो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →