Smoking Causes Cancer

कालिगण्डकी कोरिडोर सडक खण्डको गुल्मी हर्मिचौर अगाडी बन्द



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

 

 

सिंचाई
Forest
Ad.

गुल्मी , असार २७ । विभिन्न स्थानमा पहिरो खसेका कारण कालिगण्डकी कोरिडोर सडक खण्डको गुल्मी तर्फ हर्मिचौर अगाडीको सडक पुर्ण रुपमा बन्द भएको छ । कालिगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले रिडी रुद्रवेणीबाट हर्मिचौर सम्म गाडी आउन सक्ने तर त्यहाँ देखि अगाडी पुर्तिघाट तर्फको सडक पहिरोका कारण अबरुद्ध भएको बताउनु भयो ।
उहाँले हर्मिचौर देखि पुर्तिघाट सम्मको सडक खुलाउने प्रयास भई रहेको तर पुर्तिघाट अगाडी बाग्लुङ्ग तर्फ जाने सडक खण्डको बरल्त्वा भन्ने स्थानमा ठुलो चट्टान सहितको पहिरो गएकोले खुलाउन कठिन भएको जानकारी दिनु भयो । हिजो अपरान्ह भने जिल्ला प्रहरी प्रमुख एसपी नारायण प्रसाद अधिकारीले अधिंकास स्थानमा अबरुद्ध सडक खुलेको बताउँदै हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो